शेयर बजार दोहोरो अङ्कले घट्यो

काठमाडौँ, १३ माघ । धितोपत्र बजारमा आज शेयरको मूल्य दोहोरो अङ्कले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ११.८४ विन्दुले घटेर एक हजार १६०.९३ विन्दुमा झरेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २.३१ विन्दुले घटेर २४६.३५ विन्दुमा पुगेको छ । स्टकका अनुसार आज कूल १६३ कम्पनीको १० लाख ७९ हजार ५८० कित्ता शेयर रु ३० करोड ३० लाख ३६ हजार ८८८ मूल्यमा खरीद बिक्री भए ।

स्टकका अनुसार आज कारोवार भएका दश उपसमूहमध्ये अधिकांश उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ८.९, होटल ११.७१, विकास बैंक ११.७९, जलविद्युत् १९.८४, वित्त ०.७२, निर्जीवन बीमा १०८.२१, उत्पादन २१.६४, अन्य ६.६४, लघुवित्त १३.२८ र जीवन बीमा ७१.४३ अङ्कले घटेको छ ।

घटेको बजारमा समता माइक्रोफाइनान्स वित्तीय संस्था, कन्काई विकास बैंक, साुमदायिक लघुवित्त वित्तीय संस्था, युनाइटेड फाइनान्स, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकका शेयरधनीले बढी कमाएका छन् । यस्तै छ्याङदी हाइड्रोपावर, जनता बैंक नेपालका संस्थापक शेयर, एनएलजी इन्स्योरेन्स, बरुण हाइड्रो पावर, रिलायन्स फाइनान्स, नेशनल हाइड्रो पावर कम्पनीका शेयरधनीले बढी गुमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे

काठमाडौँ, १५ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आज नेपालको नेपालको राजनीतिमा नेपाली कांग्रेसको विचार सर्वस्वीकार्य भएको छ । नेपाली

काठमाडौँ, १५ कार्तिक । सर्वोच्च अदालतले गाँजाको औषधीय, वैज्ञानिक तथा औद्योगिक उपयोगका लागि तीन महिनाभित्र आवश्यक नियमावली, मापदण्ड र कार्यविधि तर्जुमा

काठमाडौँ, १५ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो स्थानीय तह निर्वाचनका निम्ति विभिन्न पदमा उमेदवारी आवेदन खुला गरेको छ