ब्राजिलमा बाँध भत्किँदा बाढीमा परि ३४ को मृत्यु, ३ सय बेपत्ता

एजेन्सी, १३ माघ । ब्राजिलमा शुक्रबार खानीको बाँध भत्किएर आएको बाढीमा परी कम्तीमा ३४ जनाले ज्यान गुमाएका छन् भने करिब ३ सय जना हराइरहेका छन् ।

बीबीसीका अनुसार, ब्राजिलको दक्षिण–पूर्वमा अवस्थित ब्रुमाडिना नजिकै अवस्थित खानी भत्किँएर आएको लेदोले मानवीय क्षति तथा हताहती भएको हो । हिलोसहितको बाढीले चमेनागृहमा खाजा खाइरहेकाहरुलाई बगाएको थियो ।

हराइरहेकाहरुको उद्धार तथा खोजी कार्यका लागि उद्धारकर्ताहरु लागिपरेका छन् । माटो पन्छाउने यन्त्रको सहायताले उद्धारको प्रयास भइरहे पनि जीवितै उद्धार हुने सम्भावना कम रहेको राज्यका गभर्नरले बताएका छन् ।

बाँध भत्किएका कारण प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा शहरको करिब ३९ हजार जनसङ्ख्यामा प्रभाव परेको बताइएको छ । बाँध फुटेर एक्कासी ठूलो मात्रामा शहर र नजिकैका घरहरू, सडकहरू, तरकारी तथा अन्य बालीमा प्रभाव परेको अधिकारीले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । सिरहाको नरहा गाउँपालिका-३ रोजी मेडिकलस्थित पूर्व-पश्चिम महेन्द्र राजमार्गमा ट्रकको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ भने एकजना

काठमाडौँ, ३ असोज । सुनसरीको इनरुवा नगरपालिका –१०, जाल्पापुर चम्राही टोलबाट १ हजार ४५४ किलो ८७० ग्राम गाँजासहित एक जनालाई पक्राउ

काठमाडौँ, ३ असोज । नियमित गस्तीमा रहेको सशस्त्र प्रहरी बलको टोलीले पर्साका विभिन्न स्थानबाट भन्सार छलेर ल्याइएका तथा लुकाइराखेका रु १७

काठमाडौँ, ३ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर यस प्रकार निर्धारण गरेको छ । Exchange Rate