साल्जबर्ग युनिभर्सिटी र आइएसटी कलेजको संयुक्त दिक्षान्त समारोह : २३३ विद्यार्थी दिक्षीत

काठमाडौँ, १२ माघ । साल्जबर्ग युनिभर्सिटी अफ एप्लाइड साइन्सेस अष्ट्रिया र इन्टरनेशनल स्कुल अफ टुरिजम एण्ड होटल मेनेजमेन्टको संयुक्त आयोजनामा २३३ जना विद्यार्थी दिक्षीत भएका छन् ।

काठमाडौको होटल याक एण्ड यतिमा बिहिवार एक भव्य कार्यक्रमका बीच सम्पन्न भएको १२औ दिक्षान्त समारोहमा २३३ जना विद्यार्थी दिक्षीत भएका हुन् ।

कार्यक्रममा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रबिन्द्र अधिकारी, विश्व बिद्यालय अनुदान आयोगका सदस्य सचिब प्रा. डा. देवराज अधिकारी, त्रिभुवन बिश्वविद्यालयका व्यवस्थापन संकायका डिन प्रा. डा. डिल्ली राज शर्मा, काठमाडौ विश्वविद्यालयका डिन डा. विजय के.सी., साल्जबर्ग विश्वविद्यालयका डिन प्रोफेसर इभा ब्रुकर, साल्जबर्ग विश्वबिद्यालय कै अन्तराष्ट्रिय विभागकी संयोजक राजलिन एडर लगायत सरकारी र पर्यटन क्षेत्रका विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

इन्टरनेशनल स्कुल अफ टुरिजम एण्ड होटल मेनेजमेन्टका कार्यकारी प्रमुख नरेन्द्र बज्राचार्यले स्वागत मन्तव्य राख्दै सबै सहभागिलाई स्वागत गर्नु भएको थियो । त्यस्तै त्रिभुवन बिश्वविद्यालयका व्यवस्थापन संकायका डिन प्रा. डा. डिल्ली राज शर्मा र काठमाडौ विश्वविद्यालयका डिन डा विजय के.सी.ले दीक्षीत विद्यार्थीहरुलाई शुभकामना मन्तव्य प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा साल्जबर्ग विश्वविद्यालयका डिन प्रोफेसर इभा ब्रुकरले दीक्षीत बिद्यार्थीहरुलाई सपथ खुवाउनु भएको थियो । दिक्षीत विद्यार्थीहरुलाई मन्त्री अधिकारीले प्रमाणपत्र तथा साल्जबर्ग विश्वविद्यालयका डिनबाट विश्वबिद्यालयको व्याच बितरण गर्नुभएको थियो ।

परीक्षामा सर्बोकृष्ट अंक ल्याउने विद्यार्थीहरुलाई कलेजका कार्यकारी प्रमुख नरेन्द्र बज्राचार्य, निर्देशक तेज बहादुर ढकाल र प्रिन्सिपल सम्झना बस्न्यातले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रमको अन्तमा कलेजकी प्रिन्सिपल सम्झना बस्नेतले धन्यबाद ज्ञापन गर्नु भएको थियो ।

कार्यक्रममा संस्थाको बार्षिक स्मारिका र टुरिजम जर्नल गेजको दशौ अंकको प्रमुख अतिथिले बिमोचन गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ कार्तिक । सुनसरीको इटहरीबाट जुवातास खेलिरहेको अवस्थामा रु चार लाख ५६ हजार नगदसहित आठ जना पक्राउ परेका छन्

काठमाडौँ, ९ कार्तिक । यही कात्तिक १७ र १८ गते सबै क्षेत्रका गरी २१ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाउने तयारी भइरहेको

कपिलवस्तु, ९ कार्तिक । शिवराज नगरपालिका २, हल्लानगरबाट लागूऔषध ब्राउन सुगरसहित एकजना महिला पक्राउ परेकी छन् । आफ्नै घरमा लागूऔषधको

काठमाडौँ, ९ कार्तिक । सुदूरपश्चिम प्रदेशमा दशैँका बेला हुने सवारी दुर्घटना बढेको पाइएको छ । गत वर्ष दशैँदेखि छठ पर्वसम्म