काठमाडौँ, १२ माघ । पछिल्लो समय नेपाली जनतालाई महत्वपूर्ण आवश्यकताको रुपमा रहेको सवारी साधनको व्यवस्थित प्रयोग तथा आवश्यकतालाई परिपूर्ति गर्ने उद्देश्यका साथ प्रत्येक सुजिकी हायात मोटरसाइकलको खरिदमा पाँच वर्षको वारेन्टी तथा टिभी उपहार दिने भएको छ ।
नेपालका लागि सुजुकी २ पांग्रेको अधिकृत बिक्रेता भीजी अटोमोबाइलस प्रा। लि।ले यस योजना माघ १ गतेदेखि माघ ३० गतेसम्म नेपाल अधिराज्यभरिका सुजुकी बाइक तथा स्कुटर शोरुमबाट सजिलै पाउन सकिने व्यवस्था गरेको कम्पनीका मार्केटिंग म्यानेजर नवराज कोइरालाले बताएका छन् ।
आफ्ना ग्राहकहरुलाई मध्यनजर गर्दै उक्त योजना बजारमा ल्याएको तथा सुजुकी हायात बाईक माइलेज धेरै दिने र कम लागतमा चढ्न सकिने बाइक भएको म्यानेजर कोइराला बताउँछन् ।





