काठमाडौँ, १० माघ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ ।
पार्टीनिकट भातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को म्याद थप, सरकारविरुद्धका आन्दोलनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय, सानेपामा बिहान ११ बजे बैठकमा नेविसंघ विवाद, सदनमा कांग्रेसले गरिरहेको अवरोध र महासमिति बैठकले पारित गरेको विधानलाई डकुमेन्टेशन गर्नेबारे केन्द्रित हुने बताइएको छ ।





