स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेलाडी : बृहत भलिवल प्रतियोगिता हुने

काठमाडौँ, ९ माघ । स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेलाडी भन्ने मूख्य नाराका साथ सानो ठिमी क्याम्पसमा बृहत भलिवल प्रतियोगिता हुने भएको छ ।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन अनेरास्ववियु तथा अखिल क्रान्तिकारी सानो ठिमी क्याम्पसको संयुक्त आयोजनामा आगामी माघ १५ गतेदेखि भलिवल प्रतियोगिता हुने भएको हो ।

उक्त दुई संगठनले आज पत्रकार सम्मेलन गर्दै उक्त कुराको जानकारी गराएको हो । १५ गते देखि शुरु हुने खेलको सम्पूर्ण तयारी पुरा भइसकेको अनेरास्ववियुका अध्यक्ष गोरख केसी तथा क्रान्तिकारीका अध्यक्ष प्रकाश केसीले जानकारी गराउनुभएको छ ।

विद्यार्थीको हक अधिकारलाई स्थापित गर्दै राष्ट्र र राष्ट्रियताको पक्ष तथा शैक्षिक आन्दोलनको नेतृत्वदायी द्वय संगठनले शैक्षिक विकासको साथ साथै खेलकुद पनि मानिसको जीवनको अपरिहार्यता भएको बताउँदै सानो ठिमी क्याम्पसमा खुल्ला पुरुष भलिवल प्रतियोगिता अयोजना गरिएको जानकारी गराएको छ ।

खेलकुद क्षेत्रले देशको आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यटकिय विकास गर्दै आर्थिक वृद्धिदरमा समेत महत्वपूर्ण भूमिका खेल्ने गरेको बताउँदै राष्ट्रलाई विश्वसामु चिरपरिचित गराउने मेरुदण्डको रुपमा रहेको उल्लेख गरिएको छ ।

युवाहरुको खेलकुद क्षेत्रको रुची, चाहना र आवश्यकतालाई मध्यनजर गर्दै बृहत खुल्ला पुरुष भलिवल प्रतियोगीता आयोजना गरिएको स्वतन्त्र विद्यार्थी युनियन सानो ठिमी क्याम्पसका सभापति रमेश खड्काले बताउनुभएको छ । उहाँले मानिसको स्थास्थ्यका लागि खेल अनिवार्य रहेको भन्दै आफ्नो क्षमताको प्रस्तुत गराउने उद्देश्यका साथ प्रतियोगीता आयोजना गरिएको बताउनुभयो । उहाँले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका खेलाडीहरुको पहिचान स्थापित गराउन उक्त प्रतियोगीताले महत्वपूर्ण भूमिका निर्वाह गर्ने समेत दावि गर्नु भयो ।

प्रतियोगीतामा प्रथम पुरस्कार शिल्ड, मेटल तथा नगद रु ५० हजार, द्वितीय पुरस्कार शिल्ड, मेटल तथा नगद रु ३० हजार तथा तृतीय पुरस्कार शिल्ड, मेटल तथा नगद रु २० हजार रहेको जानकारी गराइएको छ ।

आयोजकले इच्छुक खेलप्रेमी युवाहरुलाई सम्पर्क गर्न समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा