उज्यालो अरनिको राजमार्ग बनाउने अभियान शुरू, सम्पदाको संरक्षण नै विकासको मेरुदण्ड : सांसद बस्नेत

भक्तपुर, ७ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले अरनिको राजमार्गलाई उज्यालो राजमार्ग बनाउने कार्यको प्रारम्भ भइरहेको बताउदै भक्तपुरको सम्पदा बस्तीको संरक्षण गर्नु नै आर्थिक, सामाजिक, सांस्कृतिक तथा पर्यटकिय विकासको मेरुदण्ड भएको बताउनुएको छ ।

जिल्ला समन्वय समितिको विशेष पहलमा आज भएको मौजदात कोष सञ्चालन निर्देशिका एवं फोहोर मैला तथा विद्युत पोल व्यवस्थापन विषयमा भएको छलफलमा सांसद बस्नेतले भक्तपुरमा विभिन्न प्रकारका विश्व सम्पदामा परेका सम्पदाहरु रहेको बताउँदै त्यसको संरक्षण र सम्बद्र्धन अहिलेको विकास र समृद्धिको आधार हुने बताउनुभयो ।

उहाँले विभिन्न भक्तपुर नपाले पोखरी तथा विश्वसम्पदा सूचिमा रहेका सम्पदाहरुको संरक्षण अनुकरणीय रहेको बताउँनुभयो । भक्तपुर नगरपालिकाले गरेको कार्यबाट मध्यपुर थिमी नगरपालिकाले सिक्नुपर्ने बताउनुभएको छ ।

उहाँले भक्तपुर जिल्लामा राजनीतिक नभई प्राकृतिक रुपले सिमाङ्कन गरी अघि बढ्नुपर्ने बताउनुभयो । भक्तपुर जिल्लाको विकासमा सवै एक ढिक्का भई अघि बढ्नुपर्ने बताउँदै सांसद बस्नेतले विकासमा सहकार्य र सहयोगको विकल्प नभएको बताउनुभयो । उहाँले विभिन्न प्रविधिको प्रयोग गर्दै सफाई, विकास तथा तारमुक्त भक्तपुर बनाउन चार वटै नगरपालिकाले एकिकृत रुपमा अघि बढे समृद्ध भक्तपुर र सुखी भक्तपुरका नागरिक बनाउन सकिने धारणा व्यक्त गर्नुभयो ।

विश्वलाई परिचित तथा पर्यटकिय विकासको मूख्य स्रोतको रुपमा रहेका भक्तपुरका सम्पदाहरुलाई संरक्षण तथा सम्बद्र्धन गर्नु वर्तमान समयको अपरिहार्यता रहेको बताउँदै सांसद बस्नेतले सफाई तथा सर्भिस ट्रयाकका कारण भक्तपुरमा दुर्घटना न्युनिकरण भएको बताउनुभयो ।

कार्यक्रममा सांसद बस्नेतले राधे राधेदेखि जडीवुटी पुलसम्म मध्यपुर थिमी नगरपालिकाले दुवो तथा सोलार वत्ती राख्ने कार्यको शुरुवात गरेको जानकारी गराउनुभयो । उहाँले भक्तपुर नपा र सूर्यविनायक नपाले पनि संयुक्त रुपमा प्रयास गरे राधे राधेदेखि साँगासम्म पनि दुवो तथा सोलार बक्तिको व्यवस्था गरी उज्यालो अरनिको राजमार्ग बनाउन सकिने धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित