एएफसी यू–२३ मा नेपाल ओमनसँग भिड्दै

काठमाडौँ, ७ माघ । थाइल्याण्डमा सन् २०२० मा आयोजना हुने एशियन फुटबल फेडेरेसन (एएफसी) यू–२३को खेलतालिका सार्वजनिक भएको छ ।

आइतबार राती सार्वजनिक खेलतालिका अनुसार कतारमा हुने च्याम्पियनशिप फुटबलका लागि छनोट चरणको पहिलो खेलमा नेपालले आगामी मार्च २२ ओमानसँग खेल्ने भएको छ ।

छनोटको कठिन समूहमा परेको नेपालले दोस्रो खेल आयोजक कतारसँग २४ मार्चमा खेल्नेछ । नेपालले समूह चरणको अन्तिम खेल अफगानिस्तानसँग मार्च २६ मा खेल्नेछ ।

समूहको शीर्ष टोलीले एएफसी यू–२३ च्याम्पियनशिप खेल्नेछन् । च्याम्पियनशिपका छनोट खेल खेलिरहेका ४४ टोलीले एएफसीले ११ समूहमा विभाजन गरेको छ । फाइनल चरणको च्याम्पियनशिपमा १६ टोलीको सहभागिता रहनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३० असोज । सर्लाहीमा भारतीय नम्बर प्लेटको कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका

काठमाडौँ, ३० असोज । काठमाडौँबाट ओखलढुंगा गइरहेको यात्रु बाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार

काठमाडौँ, ३० असोज । मोरङमा गाँजा कारोबारीलाई पक्राउ गर्न प्रहरीले दुई राउन्ड गोली चलाएको छ । बिहीबार राति माेरङकाे रतुवामाई नगरपालिका–

काठमाडौँ, ३० असाेज । विद्युत व्यापारका निम्ति पहिलोपटक निजी क्षेत्रलाई समेत बाटो खुलेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री