काठमाडौँ, ६ माघ । सरकारले मेलम्ची खानेपानी आयोजनाको ठेक्का रद्द गर्ने घोषणा गरेसँगै इटालियन कम्पनी सीएमसीको धरौटी रकम जफत हुने भएको छ ।
आइतबार ठेक्का रद्द गरेको पत्र (लेटर अफ टर्मिनेसन) जारी गर्दै सरकारले ठेक्का तोडेको घोषणा गरेको हो । सीएमसीलाई आइतबार नै किन ठेक्का रद्द नगर्ने भन्दै ठेक्का रद्द गर्ने आशयको जानकारी पठाइएको छ । अब १४ दिनभित्र इटालियन ठेकेदार कम्पनी सीएमसी काममा नफर्किए ठेक्का रद्द हुनेछ ।
अब सीएमसी काममा नफर्किए सीएमसीको अढाई अर्ब धरौटी पनि जफत हुनेछ । सरकारले ठेक्का रद्द भएपछि फेरि नयाँ प्रक्रियाकार्फत ठेक्का गरेर बाँकी काम सम्पन्न गर्नुपर्नेछ ।





