भारतले अन्तरीक्षमा रोबोट पठाउने

एजेंसी, ६ माघ । भारतीय अन्तरीक्ष एजेन्सी इसरोले अन्तरीक्षमा परीक्षणका लागि जनावरको साटो रोबोट पठाउने भएको छ ।

विभिन्न देशहरुले अन्तरीक्ष परीक्षणका लागि कुकुर तथा बाँदर लगायतका जनावर पठाउने गरेकोमा भारतले भने रोबोट पठाउने भएको छ ।

अन्तरीक्षमा हुने जटिल प्रकारका परीक्षण प्रक्रियामा कमजोर जनावरहरुलको साहरा लिने र दुःख दिने  उद्देश्य उनिहरुको नभएको भन्दै रोबोट पठाउने भएको हो  ।

बीबीसीका अनुसार  इसरो प्रमुखले अन्तरीक्षमा जनावर नपठाउने निर्णय सही रहेको बताएका छन् । अमेरिका र रुसले परीक्षणका लागि भन्दै अन्तरीक्षमा जनावर पठाउने समयमा अहिलेको जस्तो अत्याधुनिक प्रविधि अस्तित्वमा थिएन ।

मानव रोबोट पनि बनिसकेको थिएन । त्यसैले ती देशहरुले जनावरको ज्यान जोखिममा पारेर अन्तरीक्षमा पठाए । तर अहिले यस्तो परीक्षणका लागि अत्याधुनिक प्रविधिहरु रहेको हुँदा जनावरको साटो प्रविधिको सहारा लिन लागेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ असोज । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ भने देशभर मनसुनी वायु र पश्चिमी वायुको

काठमाडौँ, १२ असोज । सर्लाहीको गोडैता नगरपालिका–१ बहादुरपुरका एक वृद्धलाई लखन्देही खोलाले बगाएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार बहादुरपुर

काठमाडौँ, १२ असोज । धनकुटामा तास खेलेको आरोपमा प्रहरीले श्रम संस्कृति पार्टीका धनकुटा नगर सचिव तेजबहादुर मगरसहित आठ जनालाई नियन्त्रणमा लिएको

काठमाडौँ, १२ असोज । मनाङको हिमलुङ हिमपहिरोमा थप दुई शव फेला परेका छन् । नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन (एनएनएमजीए) ले