भारतले अन्तरीक्षमा रोबोट पठाउने

एजेंसी, ६ माघ । भारतीय अन्तरीक्ष एजेन्सी इसरोले अन्तरीक्षमा परीक्षणका लागि जनावरको साटो रोबोट पठाउने भएको छ ।

विभिन्न देशहरुले अन्तरीक्ष परीक्षणका लागि कुकुर तथा बाँदर लगायतका जनावर पठाउने गरेकोमा भारतले भने रोबोट पठाउने भएको छ ।

अन्तरीक्षमा हुने जटिल प्रकारका परीक्षण प्रक्रियामा कमजोर जनावरहरुलको साहरा लिने र दुःख दिने  उद्देश्य उनिहरुको नभएको भन्दै रोबोट पठाउने भएको हो  ।

बीबीसीका अनुसार  इसरो प्रमुखले अन्तरीक्षमा जनावर नपठाउने निर्णय सही रहेको बताएका छन् । अमेरिका र रुसले परीक्षणका लागि भन्दै अन्तरीक्षमा जनावर पठाउने समयमा अहिलेको जस्तो अत्याधुनिक प्रविधि अस्तित्वमा थिएन ।

मानव रोबोट पनि बनिसकेको थिएन । त्यसैले ती देशहरुले जनावरको ज्यान जोखिममा पारेर अन्तरीक्षमा पठाए । तर अहिले यस्तो परीक्षणका लागि अत्याधुनिक प्रविधिहरु रहेको हुँदा जनावरको साटो प्रविधिको सहारा लिन लागेको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ कार्तिक । सरकारले कम्पनी दर्ता नवीकरण र विवरण अद्यावधिक नगरेका कम्पनीलाई लाग्ने कर, दस्तुर तथा जरिबाना मिनाहा गर्ने म्याद

काठमाडौँ, १३ कार्तिक । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले राज्यका संवेदनशील अंगहरू नै विवादमा तानिनु विडम्बनापूर्ण रहेको बताएका छन् ।  सबै

जनकपुरधाम, १३ कार्तिक । जनकपुरधामदेखि भारतको पवित्र तीर्थस्थल अयोध्यासम्म विशेष रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा पुगेको छ । प्रधानमन्त्री

काठमाडौँ, १३ कार्तिक । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बिराजभक्त श्रेष्ठले हिमाली क्षेत्रमा जलवायु परिवर्तनका कारण निम्तिएका सङ्कटहरू कुनै एक