किकम्पा मण्टेशरी ईन्टरनेशनल प्री स्कुल शुभारम्भ

भक्तपुर, ३ माघ । राम चन्द्र प्रजापति । किकम्पा मण्टेशरी इन्टरनेशनल प्री स्कुल भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ८ इटबुमा शुभारम्भ गरेको छ ।

बिहिवार भक्तपुरका पूर्वजिल्ला शिक्षा अधिकारी सुन्दर कुमार शाक्यले स्वतन्त्र रुपमा बच्चालाई पढाउनु पर्ने हुन्छ अनि मात्र बच्चाको क्षमता अभिबृद्दी हुने बताउनुभएको छ ।

उहाँले पहिला बच्चालाई गाली गरि पिट्दै शिक्षा प्रदान गर्ने गरेको अहिलेको शिक्षाको लागि नमिल्दो हुने भएकोले किकम्पा मण्टेशरी ईन्टरनेशनल प्री स्कुलले स्वच्छ, शान्त, सुन्दर, रमणीय वातावरणमा बच्चालाई प्रयोगात्मक शैलिमा अडियो भिडियो शिक्षा दिनु पर्ने बताउनु भयो ।

किकम्पा कल्चर एकेडेमीका सल्लाहकार डा. उत्तम कृष्ण कर्माचार्यले बालबालिकाहरुको साइकोलोजी बुझेर अध्यापन गराउनु वर्तमान समयको आवश्यता रहेको औल्याउनुभयो । स्वतन्त्र रुपमा बच्चालाई ठाउ दिए संसार बदल्न सकिने बताउनुभयो ।

किकम्पा मण्टेशरीका एम डि अच्युत प्रजापतिले डा मारिया मन्टेश्वरी मेथड अनुसार १८ महिना देखिका बच्चालाई सिकाउने स्कुलको उद्देश्य रहेको जानकारी गराउनुभयो । उहाँले सबै अभिभावकहरुलाइ स्कुललाई अगाडि लान सल्लाह सुझावको अपेक्षा गर्नुभएको छ ।

स्कुलका प्रीन्सिपल राजेश लाखाले खुल्ला वातावरणमा विद्यार्थीलाई पढ्ने वातावरण रहेको किकम्पा मण्टेशरी इनटरनेशनल प्री स्कुल रहेको दावि गर्नुभयो । सुने विर्सिन्छ देख सम्झिन्छ गरे जानिन्छ भन्ने झै अडियो, भिडियो प्रयोगात्मक रुपमा पढ्न सिकाई भक्तपुरमा नमुनाको रुपमा स्कुल सचालन गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

किकम्पा कल्चर एकेडेमीका अध्यक्ष देव चन्द्र ब्रजाचार्यको सभापतित्वमा भएको कार्यक्रममा कृष्ण सुन्दर खाइतुले गल्ती गर्नु प्रकृति हो गल्ती स्विकार्नु संकृती हो भन्दै कार्यक्रमको स्वागतमन्तव्य दिएको कार्यक्रमको संचालन राहुल भुजुले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाबाट जारी संविधानका उपलब्धिलाई जनताको जीवनसँग जोड्नु र बाँकी

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा