काठमाडौं, ३ माघ । प्रधानन्यायाधीस चोलेन्द्र शमसेर जबराले उच्च अदालत विराटनगरका पाँचजना न्यायधीशलाई कारबाही गरेका छन् ।
साढे ३३ किलो सुनकाण्डका प्रहरीले पक्राउ गरी मुद्दा चलाएका अभियुक्तहरुलाई धरौटी र साधारण तारेखमा छाड्न आदेश दिएका भन्दै प्रधानन्यायधीश जबराले पाँचजना न्यायधीशलाई कारबाही गरेका हुन् ।
कारवाहीमा पर्ने न्यायाधीशहरुमा नागेन्द्र लाभ कर्ण, सारङ्गा सुवेदी, थीरबहादुर कार्की, उमेशकुमार सिंह र उमेशराज पौडेल रहेका छन् ।
साढे ३३ किलो सुन तस्करी प्रकरणमा जिल्ला अदालत मोरङले चालक र लोडरलाई सामान्य तारिखमा छाडेर अरु अभियुक्तलाई पुर्पक्षको लागि थुनामा पठाउने आदेश दिएको थियो । तर, उच्च अदालतले जिल्ला अदालतको निर्णय उल्टाउँदै उनीहरुलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको थियो ।






