अत्यधिक गर्मीका कारण घरभित्रै बस्न सरकारको आग्रह

एजेन्सी, ३ माघ । अष्ट्रेलियामा अत्यधिक गर्मी बढेको कारण सरकारले नागरिकहरुलाई सचेत हुन र घरभित्रै रहन आग्रह गरेका छन् ।

मौसम विभागका अनुसार बुधबार न्यू साउथ वेल्सका विभिन्न ९ ठाउँमा सबैभन्दा गर्मी भएको जनाएको छ । अघिल्लो २४ घण्टाको तथ्याङ्कलाई आधार मान्दै अझै तापक्रम बढ्न सक्ने भन्दै नागरिकलाई सचेत गराइएको छ ।

मौसम विभागका अनुसार न्यू साउथ वेल्सको ह्वाइटक्लीफमा बुधबार दिउँसो  साढे तीन बजेको तापक्रम ४८.३ डिग्री सेल्सियस रहेको थियो । जुन अहिलेसम्म मापन भएको सबैबढी तापक्रम हो ।

विल्कानियाको सुदूरपश्चिममा, मेनिन्डी र इभानह्वोइमा बिहीबार तापक्रम ४८ डिग्री सेल्सियस पुगिसकेको छ । वरिष्ठ मौसमविद् रड डिक्सनल मेलबर्न शहरको तापक्रम पनि बढेर ३७ डिग्री सेल्सियस पुग्न सक्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ४ असोज । मोटरसाइकलको ठक्करबाट सर्लाहीको गम्हरियामा एकजना पैदलयात्रीको मृत्यु भएको छ भने अर्का साइकलयात्री घाइते भएका छन् । प्रहरीका

काठमाडौँ, ४ असोज । जनकपुरमा आगलागीमा परेर एक वृद्धको मृत्यु भएको छ । प्रहरीका अनुसार जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्दचोक स्थित एक घरमा

काठमाडौँ, ४ असोज । सप्तरीबाट १४ सय किलो गाँजासहित एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिइएको छ । प्रहरीका अनुसार गएराति सप्तरी जिल्ला डाक्नेश्वरी

काठमाडौँ, ४ असोज । बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२ सिमरामा शनिबार साँझ चक्कु प्रहारबाट एक युवकको मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय