गोरखाको रोटे पिङ्गमा रम्दै ट्रिटनका विद्यार्थी

काठमाडौं, ३ माघ । कुनै बेला मनोरञ्जनको साधनको रुपमा रहेको नेपालको परम्परागत रोटे पिङ्ग यसपालि विद्यार्थीहरुले गोरखा शैक्षिक भ्रमणको बेलामा देख्न मात्र पाएनन त्यसमा चढेर आफ्ना हजुरबुबाहरुले पिंग खेलेको स्मरण पनि गरे ।

सुविधानगर तिनकुनेस्थित स्थित ट्रिटन इन्टरनेशनल सेकेण्डरी स्कुलका ८ देखि १० कक्ष्ाँसम्मका ३० विद्यार्थीले पहिलोपल्ट शैक्षिक भ्रमणका क्रममा रोटेपिङ्ग देखेर अचम्म मानेको भ्रमण टोलीका संयोजक विद्यालयको अतिरिक्त कृयाकलाप संयोजक शिव गैरेले बताए ।

विद्यालयले ग्रीस्मकालीन शैक्षिक भ्रमण अन्र्तगत विद्यालयका ३० विद्यार्थीलाई तनहूँको बन्दिपुरदेखि कास्कीको पोखरा र गोरखाको विभिन्न ऐतिहासिक ठाउँहरुको भ्रमण गराएको थियो ।

विद्यालयका अंग्रेजी शिक्षक रामकुमार यादव र नेपाली शिक्षिका कवित ाखत्री सहतिको विद्यार्थी टोलीले तनहूँको पुरानो सदरमुकाम बन्दिपुर बजारदेखि थानीमाईसम्म र टुंडिखेलको अवलोकन गर्दै त्यहाँको पुरानो नेवार बस्तीको बारेमा जानकारी लिएको थियो ।

बन्दिपुरबाट पोखरा गएका ति विद्यार्थीले पोखराको फेवातालमा डुंगा यात्रा गर्नुका साथै विन्ध्यवासिनी मन्दिर, तालवाराही मन्दीर, महेन्द्र गुफा, चमेरो गुफा,ग ुप्तेश्वर गुफा, डेभिड फल्स, के.आई सिंह पुल, सेती नदी, प्रदेश संग्रहालयको अवलोकन गरेका थिए ।

पोखराबाट गोरखा गएका उनीहरुले गोरखा संग्रहालय र गोरखा दरबारको पनि अवलोकन गरि ज्ञान लिएका थिए । २ रात ३ दिनको भ्रमणमा गएका ती विद्यार्थीहरुलेआफ्नो पाठ्यक्रममा समावेश भएका विभिन्न ऐतिहासिक र पर्यटकिय क्षेत्रको अवलोकन गरेको विदालयका निर्देशक राजन सुवेदीले बताए ।

‘कितावमा पढेको भन्दा आफैं गएर देखेको कुरा चीरस्मरणीय र ज्ञानवद्र्धक हुने भएकोले’ विद्यालयले हरेक कक्षाका विद्यार्थीलाई विभिन्न ठाउँको शैक्षिक भ्रमण गराइने गरेको निर्देशक सुवेदीको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, ११ भदाै । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले रसुवा, नुवाकाेट, धादिङ लगायतका क्षेत्रका बाढी पीडितहरूकाे साथमा प्रदेश सरकार रहेकाे

काठमाडौँ, ११ भदौ । सयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले नेपाल र चीनमा आएको भीषण बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति गहिरो

काठमाडौँ, ११ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले बुधबार बिहान रसुवाको भोटेकेशी नदीमा आएको बाढीले तटीय क्षेत्रमा भएको विपत्तिमा परेका नागरिकको

काठमाडौँ, १० भदौ । चीनका राष्ट्रपति सी जिनपिङले नेपाल–चीन सीमावर्ती क्षेत्रमा गएको बाढीपहिरोमा बेपत्ता भएका मानिसहरूको खोज तथा उद्धारका लागि निर्देशन