कांग्रेसको बुटवलमा ‘शक्ति प्रदर्शन’ र खबरदारी सभा : १ लाख जनता उतार्ने

बुटवल, ३ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज बुटवलमा शक्ति प्रदर्शनसहित खबरदारी सभा गर्दैछ ।

वाइडबडी विमान खरिद, प्रदेश ५ मा गाडी खरिदमा अनियमिमता भएकाले त्यसको भण्डाफोर गर्न, निर्मला पन्तको बलात्कारी र हत्यारा पत्ता लगाउन दबाव दिन पनि जनप्रदर्शन र सभाको आयोजना गरिएको कांग्रेसले जनाएको छ ।

प्रदेश पाँचको राजधानी रुपन्देही कायम गर्न दबाव दिने उद्देश्यले शक्ति प्रदर्शन र सभा गर्न लागेको हो । सरकारले प्रदेश ५ को राजधानी बुटवलबाट अन्यत्र सार्ने षड्यन्त्र गरिरहेको कांग्रेसको आशंका रहेको छ । सभामा जिल्लाभरिबाट ५० हजारदेखि एक लाख जनता उतार्ने तयारी गरेको कांग्रेसले बताएको छ ।

सभालाई कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खांण, पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा, केन्द्रीय सदस्यहरु चन्द्र भण्डारी, पुष्पा भुसाल, देवेन्द्रराज कंडेल, मानबहादुर विकलगायतले सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित