डा. केसीको अनसन कांग्रेसको एजेण्डा, कम्युष्टिको घोर विरोधी : नेता भट्टराई

झापा, २ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता, शिक्षा स्वास्थ्य समितिका सदस्य तथा प्रतिनिधिसभाका सांसद योगेश भट्टराईले डा. गोविन्द केसीको अनसन प्रमिुख प्रतिपक्षिदल नेपाली कांग्रेसको एजेण्डा भएको भन्दै डा. केसी कम्युनिष्टको घोर विरोधी भएको बताउनुभएको छ ।

प्रेस चौतारी र प्रेस सेन्टरले नेपालले आज इलाममा संयुक्तरुपमा आयोजना गरेको चिकित्सा विधेयकसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता भट्टराईले चिकित्सा विधेयक राम्रोसँग नबुझी डा. गोविन्द केसी इलाममा अनसन बसेको बताउनुभयो । उहाँले विधेयकमा डा. केसीका अधिकांश मागहरु पूरा भएको दाबी समेत गर्नुभयो । उहाँले भन्नुभयो, ‘डा. केसी र कांग्रेसमा भिन्नता छैन, उहाँ कांग्रेससँग मिलेर सरकारलाई घेराबन्दी गर्न खोजिहनुभएको छ ।’

चुनावका बेला डा। केसी चारतारे झण्डा बोकेर भोट माग्न हिँडेकाले उहाँ तटस्थ नभएको समेत उहाँले बताउनुभयो । त्यसैगरी चिकित्सा शिक्षासँग साइनो नजोडिएको द्वन्द्वकालीन मुद्दालाई समेत डा. केसीले अगाडि बढाएको भन्दै नेता भट्टराईले ती मुद्दाहरु बोक्न जरुरी नभएको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित