काठमाडौँ, १ माघ । आज हुने बीपीएल क्रिकेटमा सन्दीप लामिछानेको टीम सिलेट सिक्सर्सले कोमिल्ला भिक्टोरियन्ससँग भिड्दै छ ।
उक्त खेल नेपाली समय अनुसार आज साँझ सवा ६ बजे सुरु हुनेछ । टिमले चौथो खेल खेल्न लाग्दा तालिकाको छैटौं स्थानमा रहेको छ ।
सिलेटले अहिलेम्म १ खेलमा जित हात पार्दा २ खेलमा पराजित भएको छ । कोमिल्ला भने ४ मध्ये २ खेलमा जित हात पार्दै चौथो स्थानमा रहेको छ ।





