काठमाडौ, २९ पौष । आज सुनचाँदीको मूल्य घटेको छ ।
आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला ६० हजार ५ सय रुपैयाँमा कारोबार भएको छ भने तेजावी सुन प्रति तोला ६० हजार २ सय रुपैयाँमा कारोबार भयो ।
त्यस्तै आज चाँदी तोलामा ५ रुपैयाँले घटेर ७ सय ६० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।





