कविता “रातो रङ्ग”

यो रातो रङ्ग सङ्ग मेरो अनौठो सम्बन्ध छ,
ललाटमा रातो रङ्गको टालो कसेर
सामान्ती र शोषक हरुको अनत्य गर्छु
त्यो रातो तारो जस्तै सुन्दर बिहानी ल्याउछु भन्दै
राता रात जङ्गल होमिएको केही दिनपछि,
काकाको रातै रङ्गिएको जिउ
खोल्साको मालुको लहरामा हल्ली
रहेको गोठालाहरुले देखेका थिए
………….
………………….
एक रातमा म निदाउनै लागेको
बेला मेरा” बा”ले मलाई मेरो देशको
झण्डाको रातो रङ्ग देखाउदै
यो झण्डा अहिले अप्ठेरो मा छ छोरा
यस्लाई बचाउनु छ भनेर
भालेको डाको सङ्गै पल्टन छिरेका मेरा बा
पनि रातै रङ्गिएर त्यही झण्डा ले बेरिएर र
मेरि आमालाई सेतो सारी उपहार
छोडेर गएका थिए त्यसपछि
मेरि आमाको सिउदोको गुलाब सङ्गै
ओठको रातो गुरास हराएको हो
…………..
………………….
बिद्यालय बाट हाप छुट्टिमै फर्किएकी
मेरि बहिनिले आमालाई
आफ्नो अङ्ग बाट रातो रङ्ग बगेको सुनाएपछि
आमाले त पर सरिस
भनेर गोठमा सारे पछिको
अर्को बिहान उस्ले लगाएको फरिया
रातै भिजेको थियो
उ सदाका लागि पर सरेकी थिई
………….
………………..
मन भरिको मीठो माया सहित
मेरो सपनाको लहर सुम्पिएकी
मेरि प्रेमिकाले मलाई रातो गुलाब
दिदै अब देखि कहिल्यै भेट्ने
छैन भन्दै मेरो अनुहारमा
आश्चर्यको रातो रङ्ग पोतेर गएकी थिई
……………
…………………..
मेरो उत्थानको नारा देखाएर
मेरो प्रगतिको सपना देखाएर
मेरा काका,बा र बहिनिको
रातो रङ्गको बिरासत जगाउने
आशा देखार मेरै भोटको साहारा
लिएर सरकारमा छिरेका
नेताले रातो कार्पेट
पाए पछि सब बिर्सिदिए
………….
…………………
खाडिको तातो घामले
इन्डियाको रात भरीको चिच्याहाटले
मैले मेरो घरको अगेनोमा
रातो रङ्ग सधै दन्काउन नसके पछि
मैले मेरो घरको छानोमै रातो रङ्ग
दन्काउन रातो रङ्गको बिज
रोपेर सेतो धुलो बनाई दिए
सबै अनि हेरे आफ्नै रमिता
भिडबाट मैले मेटाई दिए
रातो रङ्ग अब किन कि
मलाई रातो रङ्ग देखि
औधी डर लाग्छ ……..

©के आर पाण्डुलिपि सुर्खेत

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा