एसियन कप फुटबल : इरान र इराक प्रिक्वार्टरफाइनलमा

काठमाण्डौ, २९ पौष । यूएईमा जारी एसियन कप फुटबलमा इरान र इराक प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

शनिबार भएको दोस्रो खेलमा इराकले यमनमाथि ३–० को जित निकाल्न सफल भयो । इराकको जितमा सुरुदेखि नै यमनमाथि हावी देखिएको इराकले ११ औं मिनेटमा अग्रता बनाएको थियो ।

 दुवै टिमले लगातार २ खेलमा जित निकाल्दै प्रिक्वार्टरफाइनलमा प्रवेश गरेका हुन् । इराकका लागि मुहानन्द अलीले पहिलो गोल गरेका हुन् । १९ औं मिनेटमा बसार रसानले १९औं मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारे ।

यस्तै शनिबार नै भएको पहिलो खेलमा इरानले भियतनामलाई २–० गोल अन्तरले पराजित गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ कार्तिक । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

काठमाडौँ, १ कार्तिक । २०८३ साल कार्तिक १ गते आइतबारको राशिफल ।  मेष : दिन राम्रो छ । शिक्षा, स्वास्थ्यमा सुधार

काठमाडौँ, ३१ असोज । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही टोलमा जग्गाको सिमानाको विषयलाई लिएर भएको विवादका क्रममा धकेल्दा एक वृद्धको मृत्यु

काठमाडौँ, ३१ असोज । झापाको अर्जुनधारामा अवैध रूपमा तास/जुवा खेलिरहेको अवस्थामा ६ जनालाई प्रहरीले नगदसहित पक्राउ गरेको छ ।  अर्जुनधारा नगरपालिका