काठमाडौँ, २८ पौष । सुगौली सन्धीमा गुमेको नेपालको भु-भाग फिर्ता हुनपर्ने माग गर्दै हस्ताक्षर अभियान शुरु गरीएको छ ।
ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाको आयोजनमा शुक्रवार पृथ्वी जयन्तीका अवसरमा सिंहदरबारको पश्चिमढोकास्थित पृथ्वीनारायण शाहको सालिक परिसरबाट शुरु गरिएको छ । उक्त हस्ताक्षर अभियान आगामी चैत मसान्तसम्म जारी रहने भएको छ । अभियान देश भित्र तथा बाहिरका स्थानबाट एक लाखभन्दा बढीको हस्ताक्षर सङ्कलन गरिने आयोजकले जनाएको छ ।
सुगौली सन्धिमा गुमेको जमीन फिर्ता गर्नुपर्ने माग गर्दै शुरु गरेको हस्ताक्षर सङ्कलन संयुक्त राष्ट्रसङ्घका महासचिव, नेपालका राष्ट्रपति, संयुक्त राष्ट्रसङ्घ सुरक्षा परिषद्का पाँच स्थायी सदस्य राष्ट्र चीन, संयुक्त राज्य अमेरिका, रुस, बेलायत र फ्रान्स तथा सार्कका महासचिवलाई बुझाइने आयोजकले जानकारी दिएको छ ।





