नेविसंघमा गयो भुँइचालो : ७ पदाधिकारीले बुझाए राजीनामा

काठमाडौँ, २७ पौष । प्रमुख प्रतिपक्षिदल नेपाली काग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघमा सात जना पदाधिकारीले पार्टी सभापति शेरबहादुर देउवा समक्ष राजिनामा बुझाएसँगै संगठनमा एक प्रकारको भुँइचालो नै गएको छ ।

शुक्रबार तीन उपाध्यक्ष, एक महामन्त्री र तीन जना सहमहामन्त्रीहरुले सभापति देउवा समक्ष राजीनामा बुझाएका हुन् । राजीनामा बुझाउनेहरुमा तीन जना उपाध्यक्षमा सञ्जीवकुमार यादव, पुष्प शाही र विकास केसी रहेका छन् । यसैगरी महामन्त्री सरोज थापा, सहमहामन्त्रीहरु प्रकाश घिमिरे, अच्युत केसी र प्रेम जोशीले पनि राजीनामा दिएका हुन् ।

राजिनमा दिने पदाधिकारीले तोकिएको मितिमा अधिवेशन गर्न सकिएन, यस्तो अवस्थाले नेविसंघ चल्दैन, त्यसैले निकास दिनका लागि पार्टी सभापतिलाई संयुक्तरुपमा राजीनामा बुझाएको जानकारी गराएका हुन् ।

भदौमा हुने भनिएको नेविसंघको महाधिवेशन आन्तरिक विवादका कारण हुन नसकेपछि पार्टीले तीन महिनाको समय अवधि थपिदिएको थियो । महाधिवेशन गर्ने सर्तमा पछिल्लो पटक थपिएको दुई महिनाको म्याद पनि माघ २ गते सकिँदैछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित