सनराइज बैंकले आफ्नो कार्यक्षेत्र विस्तार : छ वटा प्रादेशिक कार्यालय स्थापना

काठमाडौँ, २७ पौष । सनराईज बैंकले ग्राहकको ध्यानलाई केन्द्रीत गर्दै छ वटा प्रादेशिक कार्यालयहरु स्थापना गरेको छ ।

बैंकले आज विज्ञप्ती जारी गर्दै आफ्ना ग्राहकलाई सेवा, सुविधा उपलब्ध गराउने अभिप्रायले देशका छ विभिन्न प्रदेशमा प्रादेशिक कार्यालय स्थापना गरेको जनाएको छ ।

बैंकले आज प्रदेश नं १ को इटहरी, प्रदेश नं २ को लाहान, गण्डकी प्रदेशको पोखरा, प्रदेश नं ५ को बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूर पश्चिम प्रदेशको अत्तरियामा आफ्ना प्रादेशिक कार्यालय स्थापना गरेको विज्ञप्ती मार्फत जनाएको छ ।

प्रादेशिक कार्यालयले आफ्नो मातहतमा रहेका शाखाको अनुगमन, सर्वसुलभ तथा उच्चस्तरीय बैंकिङ सेवा, संस्थागत सुशासनको साथै व्यापार विस्तारका कार्य छिटो, छरितो र चुस्त रुपमा सम्पादन गर्ने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १७ कार्तिक । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार

काठमाडौँ, १६ कार्तिक । सर्वोच्च अदालतको सोमबार बसेको पूर्ण बैठकले विभिन्न ५ बुँदे निर्णय सार्वजनिक गरेको छ । प्रधानन्यायाधीश तथा

काठमाडौँ, १६ कार्तिक । नेकपा एमालेका महासचिव शंकर पोखरेलले पछिल्लो समय मुलुकको लोकतन्त्रको भविष्य संकटमा पर्दै गएको दाबी गरेका छन् ।

काठमाडौँ, १६ कार्तिक । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संघीय लोकतान्त्रिक गणतन्त्रको व्याख्या गर्दै जग्गा प्रशासन स्थानीय तहबाटै सन्चालन हुने गरी सरकारले