सरकारको काम र गतिविधि भ्रष्टाचारलाई प्रोत्साहनमूलक : नेता सिंह

धनगढी, २७ पौष । नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले सरकारको काम कारवाही र गतिविधि हेर्दा भ्रष्टाचारलाई प्रोत्साहन दिने प्रकारको मात्र भएको आरोप लगाउनुभएको छ ।

नेपाल प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता सिंहले सुशासन, विकास र समृद्धिको नारा सरकार अगाडि सारेको उत्कृष्ट भएकता पनि त्यो व्यवहारिकतामा भने नभएको दावि गर्नुभयो । उहाँले दुई तिहाई बहुमतको वर्तमान सरकार संविधानलाई संस्थागत गर्नका लागि ईमानदारिताका साथ अगाडि बढ्न नसकेको बताउनुभयो ।

नेता सिंहले नयाँ संविधानलाई संस्थागत गर्नमा वर्तमान सरकार चुकिरहेको आरोप लगाउनुभयो । जनतालाई केन्द्रविन्दुमा राखेर राहत दिने ठाउँमा सरकार अल्मलिएको जस्तो देखिएको धारणा व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित