रोनाल्डोको डिएनए टेष्ट हुने

काठमाडौं, २७ पौष । पोर्चुगलका फुटबल खेलाडी क्रिस्ट्रियानो रोनाल्डोविरूद्ध लागेको बलात्कार मुद्दामा प्रहरीले अनुसन्धान गरि डिएनए संकलन गर्ने भएको छ ।

पूर्वमोडल तथा शिक्षिका क्याथरिन मायोर्गाले सन् २००९मा लसभेगासको एक होटलमा रोनाल्डोले आफूलाई जबरजस्ती गरेको आरोप लगाएकी छन् । सोही विषयमा परेको मुद्दामा अनुसन्धान गर्न रोनाल्डोको डिएनए मागिएको लस भेगास प्रहरीले जनाएको छ ।

गत अगस्टमा उनका वकिलले रोनाल्डोले क्याथरिनलाई बलात्कार गरेको र कुरा गोप्य राख्न ३ लाख ७५ हजार अमेरिकी डलर दिएको भन्दै मुद्दा हालेपछि प्रहरीले फेरि अनुसन्धान अघि बढाएको हो ।

अमेरिकाको लस भेगासमा प्रहरीले रोनाल्डोको डिएनए स्याम्पल पठाउन इटालियन अधिकारीहरूलाई चिठी पठाएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १ कार्तिक । सुनकोसी नदीमा जीप खस्दा तीनजनाको मृत्यु भएको छ ।  प्रहरीका अनुसार सिन्धुलीको फिक्कल गाउँपालिका–६, नागथानस्थित मध्यपहाडी

काठमाडौँ, १ कार्तिक । बडादसैँ एवं नवरात्रको आठौँ दिन दसैँ घर वा पूजाकोठामा नौ दूर्गामध्येकी आठौँ महागौरी देवीको विधिपूर्वक पूजा

काठमाडौँ, १ कार्तिक । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको जल तथा मौसम मौसम पूर्वानुमान महाशाखाले जनाएको छ

काठमाडौँ, ३१ असोज । सप्तरीको छिन्नमस्ता गाउँपालिका–१ बरही टोलमा जग्गाको सिमानाको विषयलाई लिएर भएको विवादका क्रममा धकेल्दा एक वृद्धको मृत्यु