लिभरपुलका प्राध्यापक सहितको टोली बेबिलोनमा

काठमाडौं, २७ पौष । बेलायतको लिभरपुल जोन मुर्स विश्वविद्यालयका प्राध्यापक डा.सुसन के फ्लावर्सको नेतृत्वमा सो विश्वविद्यालयमा शिक्षा विषयमा स्नातक गरिरहेका दुई विद्यार्थी एमि म्यागी र कोनि शा शान्तिनगरस्थित बेबिलोन नेशनल स्कूलमा आएका छन ।

सो विश्वविद्यालय लिभरपुलमा रहेको प्रशिद्ध सरकारी अनुदान प्राप्त विश्वविद्यालय हो । प्राध्यापक डा. सुसन सहितको सो टोली एक महिने शैक्षिक आदानप्रदान कार्यक्रमका लागि बेबिलोन स्कूलमा आएको हो ।

बेलायती शैक्षिक संस्था ‘ब्रिटिस काउन्सिल’ बाट दुईपटक अन्तर्राष्ट्रिय स्कुल एवार्ड (२०१५—२०१७, २०१७—२०२०) बाट पुरस्कृत बेबिलोन स्कुलमा सो विश्वविद्यालयबाट विगत ७ वर्षदेखि हरेक वर्ष प्राध्यापक तथा शिक्षा विषयका स्नातक तथा स्नातकोत्तरका विद्यार्थी आउने गरेका छन् ।

सो विश्वविद्यालय र बेबिलोन स्कुलबीचको भगीनि सम्वन्धका कारण शैक्षिक तथा सांस्कृतिक आदानप्रदानका लागि लिभरपुल विश्वविद्यालयको टोली विद्यालयमा आएको बेबिलोन स्कूलका प्रिन्सिपल राजु राईले भने ।

यसअघि बेबिलोन स्कुलका प्रिन्सिपल राई पनि सो विश्वविद्यालयको एक महिना लामो शैक्षिक आदानप्रदान भ्रमणमा सहभागी भई फर्केका थिए ।

एक महिने बसाईका क्रममा प्राध्यापक डा. सुसनले माथिल्लो कक्षा र स्नातकका विद्यार्थीले सानो कक्षाका केटाकेटीलाई बेलायती शिक्षण पद्धतिअनुसारका सिर्जनशिल कार्यहरु सिकाउने छन ।

सो विश्वविद्यालयले नेपालको बेबिलोन स्कूलको साथै थाइल्याण्डको एउटा विद्यालयमा हरेक वर्ष आफ्ना स्नातक विद्यार्थी पठाउने गरेको उल्लेख गर्दै बेलायती प्राध्यापक डा.सुसनले नेपालबाट धेरै कुरा सिक्न पाउने र ७ वर्षको अवधिमा आफुहरु सन्तुष्ट रहेको प्रतिक्रिया दिइन् ।

बेबिलोनमा आएको बेलायती टोलीलाई विद्यालयका प्रिन्सिपल राजु राईले विद्यालयको लोगा सहितको क्याप र भाइस प्रिन्सिपल रीता राईले खादा लगाएर विद्यालयमा स्वागत गरे ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा