भक्तपुरमा युवा सम्मेलन हुँदै : युवा उद्यमशिलताको प्रवर्धनमा जोड

भक्तपुर, २६ पौष । भक्तपुरमा पहिलो पटक युवा उद्यमशिलताको प्रवर्धनमा जोड दिंदै युवा सम्मेलनको आयोजना हुने भएको छ ।

युवाका साथ साथ आवाज नेपालले राष्ट्रिय युवा परिषद्को समन्वयमा जिल्लामा प्रथम भक्तपुर युवा सम्मेलनको आयोजनामा हुने आज पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

युवा परिषद्का साथै जिल्लाभित्रका नगरपालिका, विभिन्न सरकारी तथा गैरसरकारी संघसस्थाहरुको सहकार्यमा यही पुष २७ र २८ गते दुई दिने ‘प्रथम भक्तपुर युवा सम्मेलन–२०७५’ को आयोजना गर्ने तयारी पुरा भएको संस्थाका संस्थापक दिपेश विशुंकेले जानकारी दिनुभयो ।

भक्तपुर जिल्लाका ३८ वटै वडाबाट प्रतिनिधित्व हुने गरि २०० जना युवाहरुको सहभागिता रहने सम्मेलनमा युवा उद्यमशिलता प्रर्वद्धन तथा समाज बिकासको लागि युवाको भुमिका बिषयमा बृहत छलफल तथा उत्प्रेरणात्मक कक्षाहरु सन्चालन गरिने युवाका साथ साथ आवाज नेपालका सचिव श्रीकृष्ण थापाले जानकारी दिनुभयो ।

सम्मेलनले युवा घोषणापत्र जारी गर्ने समेत आयोजकले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित