हवाई इन्धनको मूल्य घट्यो

काठमाडौं, २६ पौष ।  नेपाल आयल निगमले आफ्नो  ४९औं वार्षिकोत्व्सवको अवसरमा हवाई इन्धनको मूल्य घटाएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृका यादवले निगमको वार्षिकोत्व्सवमा मूल्य घटाउने सहमति भएको बताउदै उनले भने, ‘हाम्रो सहमति भैसक्यो अब प्रतिलिटर १० रुपैया मूल्य घट्छ, यसबाट हवाई भाडा पनि घट्नेछ ।’  

निगमले बिहीबार राति बाह्र बजेदेखि लागू हुनेगरी हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ घटाएको निगमले जनाएको छ ।

हवाई इन्धनको बिक्री मूल्य १०४रुपैयाँ ५० पैसा प्रतिलिटरमा १० रुपैयाँ घटाएर ९४ रुपैयाँ ५० पैसा कायम गरिएको बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १५ कार्तिक । नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । बैठक सिंहदरबारस्थित दलको कार्यालयमा बस्नेछ। बैठक सोमबार बिहान साढे

काठमाडौँ, १५ कार्तिक । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आज नेपालको नेपालको राजनीतिमा नेपाली कांग्रेसको विचार सर्वस्वीकार्य भएको छ । नेपाली

काठमाडौँ, १५ कार्तिक । सर्वोच्च अदालतले गाँजाको औषधीय, वैज्ञानिक तथा औद्योगिक उपयोगका लागि तीन महिनाभित्र आवश्यक नियमावली, मापदण्ड र कार्यविधि तर्जुमा

काठमाडौँ, १५ कार्तिक । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आउँदो स्थानीय तह निर्वाचनका निम्ति विभिन्न पदमा उमेदवारी आवेदन खुला गरेको छ