©केआर पाण्डुलिपि । अहिले स्वास्थ क्षेत्रमा ठूलो विवादास्पदले स्थान पाईरहेको छ । स्वास्थ चौकी इन्चार्ज को हुने ? नेपाल सरकारले हालसालै स्वास्थ चौकिको इन्चार्ज सि अहेब हुन पाउने भनि निर्णय गरेपछी यो समस्या पुन बल्झिएको हो । यो भन्दा बिगतका दिनमा पनि यो मुद्दा नउठेको होइन तर त्यस्को उचित निस्कर्ष ननिस्किएको हो । अहिले पनि लाग्छ निस्कर्ष निस्कदैन । किन कि हे अको आन्दोलनले फेरि सरकारले निर्णय उल्टाउला फेरि अहेब र सि अहेब आन्दोलमा आउलान विवाद उही ।
१५ महिने तालिम लिएकाले कसरी इन्चार्ज हुने भन्ने प्रश्न गर्ने हे अले बुझ्नु पर्ने कुरा इन्चार अहेब होइन सि अहेब हो । सि अहेब हुन सरकारी सेबामा प्रबेश गरेको समय अबधीदेखि लगभग ५ बर्ष लाग्छ त्यसरी त उसले ६ बर्ष खर्चिएको छ सेवा अबधी भर तालिम लिएको छ र आफुलाई अनुभवी बनाएको छ ।
उ तीन बर्ष पढेर आएका हे अ अरुका अनुसार,अनुभव छ भन्दैमा हुदैन आफ्नो तहको सम्मान हुनुपर्छ भन्दै इन्चार्ज हुनु पर्ने दाबी गर्छन । स चौथो कसरी स पाचौ सङ्ग प्रतिस्पर्धा गर्न सक्छ भनेर उफ्रिराछन । यसरी हेर्दा दुबैको कुरा सत्य छ ।
तर यहाँ अहेब र हे अलाई लडाएर टाउकेहरुले लुटेको देख्ने कि न देख्ने ? यहि लडाईका कारण फेज आउट हुन थालेका १५ महिने कार्यक्रम फेज आउट भएका छैन्न । त्यस्ता कार्यक्रमको रुपमा कलेज चलिरहेका छन । अब हेअ र अहेबको ठूलो भन्दै लड्नुको साटो दुबै मिलेर १५ महिने कार्यक्रमलाई फेज आउट गरि हे अलाई एम बि बि एस पढ्न सक्ने बाताबरण तय गराउनु र अहेबलाई हे अ पढ्ने सक्ने बाताबरण तय पो गर्नुपर्छ त । यहाँ तीन बर्ष पारामेडिकल पढेका हेअ सिधै एम बि बि एस पढ्न पाउदैन्न ।
नेपालमा पाटन स्वास्थ बिज्ञान प्रतिस्ठान बाहेक अन्यत्र हेअले एम बि बि एसको अध्यान गर्न पाउने ब्यबस्था भएको मैले जानेको छैन । (यदि ब्यबस्था भएर मैले न थाहा पाएको हु भने माफी माग्छु) अहेब र हेअ हो अन्तिम बिन्दु इन्चार्जको कुर्ची भन्दा पनि उच्च शिक्षा हुनु पर्ने थियो । हामी आफै आफैमा लडेर ती उपलब्धि गुमाई रहेका छौ । अहेब सानो भन्दै कुर्लिने हे अ, बि पि एच, उस्तै परे एम पि एच गरेका समेत लोकसेवा आयोगको परिक्षामा अहेब पदमा भिड्न आउछन ।
आखिर यो आन्दोलन यसरी अहेब र हेअ सि अहेब बिचमै घुमी रहने हो भने यस्को कुनै औचित्य देख्दिन म । तसर्थ सरासरलाई दबाब यो मानेमा दिउ कि हेले पनि अधिकृत आठै (एम बि बि एस) पढ्न पाउनु पर्छ +2 बिज्ञान बिषय नलिकन पनि र प्रत्यक बर्ष छात्रवृत्तिमा हेअलाई उक्त बिषय अध्यान गराइनु पर्छ भने अहेब लाई हेअ अध्यान गराइनु पर्छ । यदि यसो भयो र गरियो भने कुर्चिको लडाई आफै सकिएर जान्छ र नेपाली जनताले उकृस्ट स्वाथ्य सेवा ग्रहण गर्न पाउँछन् ।
स्मरण रहोस नेपालको स्वास्थ सेवाको मेरुदण्ड भनेकै स चौथो र स पाचौ तह हुन्न । त्यो भन्दा माथिको तह त अधा भन्दा बढी नेपालीको नसिबमा छैन । तसर्थ स्वास्थ सेवालाई प्रभाबकारि बनाउन सकारात्मक सोचको विकास गरौ । यहाँ आफ्नै गोरुको बाह्र टक्का गर्न थालियो भने भाइ फुटेगवार लुटे हुन्छ र आन्दोलन कि उपलब्धि हुदैन उही बदरको पुच्छर लौरो न हतियार न होस ।






