कथा : ‘यस्ता पनि समाजसेवी !’

“ए सानी, किन यसरी कुदेकी ? लडिएला !”

“लडिदैन ! पर मार्टिन आएको छ रेन्त, उसैलाई भेट्नु छ, कस्तो हत्तार भैसक्यो !”

भर्खर कक्षा आठ पढ्दैगरेकी सानीलाई छोरी भनेर माया गर्ने कोही स्वेत मनुस्य घरमास्तिरको चौतारीमा आएको रहेछ । मोहनी मन्त्रले तानेका अनि वैशालु भै भेट्न जानेका युवा-युवती एक अर्कालाई भेट्न जसरी दगुर्छन् सानी त्यस्तैगरी जाँदैथिई !

पदमलाई कस्तो-कस्तो लाग्यो ! “त्यो पट्ठो बुढो अनि यत्ति सानी फुर्क्यौली नानी ! म पनि हेर्नुपर्यो कुरो के रहेछ !” र, ऊ चालमार्दै चौतारीको छेउसम्म पुग्छ र लुकेर हेर्दैसुन्दै गर्छ !

सानी चौतारीमा पुगीनसकी मार्टिन उठ्छ र अँगालो तेर्स्याउँछ। दुवाली छेकेको माछो ढडियामा सुत्त पौडेर पसेजस्तो सानी उसको अङ्गालामा हराउँछे । कसैले देखे कि नाईं हेरेझैं गरी ऊ यताउती हेर्छ र सानीलाई मातृस्नेहको ढोंगमा पितृप्यार दर्शाएझैं गरी जुरुक्क छातीसम्म उचाल्छ र मधुरो स्वरमा बोल्छ : “टिमीलाई क्यास्टो छ, सानी ?” ‘ठिकै छ’ भन्ने सानीको आवाज प्रष्ट सुनिन्छ ।

नाम सानी उमेर सानीको जिउ पनि सामान्यभन्दा सानै छ । बरू टङ्रङ्ङ अग्ली छे । फुल्न आँटेको कोपिला हो न लाब्रेको पातमा टल्किने जुन्यौली शीतको थोपा ! यस्ती प्यारी अबलाको गाला टोक्तै उसले माया दर्शायो । दायाँ अनि बायाँ, दुवैतिर, मानौं सबैतिर माया दर्शाउँदै थियो ऊ । त्यसपछि उसले सानीलाई काखमा राख्यो । निकैबेर आलिङ्गनमा चेपिरह्यो पनि ।

“अब चैं यस पातकीलाई चिर्पट नहानी भएन ! अति पो गर्दोरैछ यो ! थोरै शुल्क तिरिदिएको भरमा अस्ति पारि गाउँकी डोल्मालाई हातपात गर्ने पनि यस्तै पाराको मान्छे थियो रे भन्ने सुनेको थिएन यै पो हो कि !” यस्तै सोच्तै नजिकै भेटिएको एउटा चिरान काठको टुक्रा हातमा लिएर घटना नियाल्दै रह्यो !

“ओ के, सानी ! यो गिफ्ट लिएर जाने ! राम्रो पढ्ने !” सायद अप्ठ्यारो मानेकी सानी ती सिउँडीकाँडे चंगुलबाट फुत्किन पाउँदा सर्पको मुखबाट उम्कन पाएको भ्यागुतोजस्तै महशुस गर्दैछ यतिखेर ! उसका मुहारको रातो पन र शरीरको थर्थराहट सजिलै बुझ्न सकिन्थे । तर त्यो बालसुलभ मन अन्यथा नसोची दङ्ग पर्दै फुत्त सामान लिएर फर्किन थाल्छे घरतिर ।

“अनि, सानी, टिम्रो आम्माको पनि गिफ्ट छ, म वेट गरेको !” यो सुनेर हुन्छ भन्दै सानी ओझेल पर्छे !

एकछिन पछि पदम त्यहाँ आइपुग्छ र भन्छ : “मलाई सानीले खबर गर्न पठाएको ! उनको आमा ऐले आउन टायम भएन ! बरू त्यो गिफ्ट मै पुर्याईदिन्छु, इफ यु डन्ट माइन्ड !”

हातमा गिफ्टको प्याकेट लिएको पदम मनमा के-के कुरा खेलाउन पुग्छ ! “सानीकी आमा एकल महिला रहेको उसले बुझिसकेको हुनुपर्छ । आन्टी पनि यसैगरी छद्मी सहयोगीको शिकार त भैरहनु भाको छैन ? होइन होला म पनि के के कुरा सोच्छु कैलेकाइँ !” सोच्तासोच्तै आन्टी पनि बाटामै भेटिएपछि त्यो सामान दिन्छ र दिने मान्छे सही नियतको नभएको जाहेर गर्छ । आन्टीलाई त्यो कुरो जायज हुन्न ।

“त्यति राम्रो सेवा गर्ने मान्छेलाई जथाभावी लाञ्छना लाउनु हुँदैन, बाबु । थाह छ उसले यहाँ कति जनाको पढाइ खर्च व्यहोरेको छ ? के-के सकेको सहयोग हामीलाई नि पुर्याएकै छ नि ! नभए तिम्रो हाम्रो को छ र परेको बेला मद्दत गर्ने ? सरकारका जति कुर्सीकै लुछाचुँडीमा व्यस्त छन् ! भ्रष्टाचारीहरूले त बर्बादै गरिछोड़े देशलाई ! यत्रो एक्काइसौँ शताब्दीमा पनि हामी नेपालीहरू बाह्रौं-तेह्रौंका वेलायतीजसरी बस्न बाध्य छौं । कोही त आएका छन् सारो-गारो परेको बेला हाम्रो कुरा बुझ्ने ! गलत सोच्नु हुन्न, बाबु ।”

“तै पनि त, आन्टी, एउटा तनको आटोको लागि बारीको पाटो बुझाउन पनि त मिल्दैन !”

“तिमेरको त्यही पुरानो सोचाइले त पछि परेकाछौ । यी हेर त, यो एक-दुई वर्षको छोटो समयमा हामी कति फेरियौं ! मलाई नि राम्रो छ, सानीले नि पढ्न पाकिछे । बरू तिमेरू पनि हाम्रो समुहमा आऊ, यस्तरी बिलौना गाएर त हिंड्नु पर्दैन कमसेकम !”

“यी विधर्मीका कुरा सुन्न थालेका र आफूलाई नचिन्ने मान्छेहरूसँग अशल कुरा भन्न खोजेर हुँदैन।” आफ्नै पुर्पुरो छाम्दै बाटो लागेको पदम फेरि सोचमा पर्छ: “सारो-गारो परेकालाई सहयोग गर्छन् भन्ने हो भने मेरा पिता पनि बितेको धेरै भयो । माता बृद्ध हुनुहुन्छ। मैले पनि विद्यालय अर्काकै भाँडा माझेर पढेको हुँ । अहिले पनि क्याम्पसका एक जना दयालु शिक्षकले पढ्ने चाँजो मिलाइदिनु भाको छ र पढ्दैछु । माता अझै सकिनसकी बत्ति कातेर खाइखर्चो निकाल्नुहुन्छ । हाम्रो अप्ठ्यारो त यिनेरका नजरमा कैल्यै परेन त फेरि ! आफूलाई तल पारी हात फैलाउन चैं गइन्न । जस्तै परोस्, बाघ बाघै हो, खान पाइएन भन्दैमा घाँसै चैं खाँदैन । यस्ता कुरा त यी जवान आन्टीहरूलाई सहयोग गर्ने दाता बुझ्दैनन् त ! कुरो बिचित्रको लाग्ने ! अलि-अलि सहयोग पाइयो भन्दैमा दाताले जुन धर्म भन्यो त्यही गरे, जुन राजनीति भन्यो त्यही लाद्ने हाम्रा बिकाउ तत्त्वले नै खत्तम पार्दैछन्, हाम्रा सम्पदा सायद ! आ… सबैको ठेक्का लिएर पनि त सकिंदैन ! यस्तै उल्टो-पाल्टो भैरहे चुप चैं लागिदैन ।”

५०० मिटर जति पर मात्रै ऊ के पुगेको हुन्छ, एकै छिनमा बस्तीको छेउतिर कोही हल्ला गरेको सुनिन्छ । पदमको कदम त्यता जानबाट रोकिदैन । ऊ त्यहाँ पुग्दा बराम भीड देखिन्छ। अनि भीडका बिचमा कोही महिला एक पुरुषलाई दाउरेदाउरालॆ हान्दै हुन्छिन् । अलि अघि उसैले समातेर छोडेको चिर्पट सानीकी आमाको हात र त्यो विदेशी सहयोगीको ढाड, पदमलाई खुबै रमाइलो लाग्छ !

“एउटा कलम ल्याएदिएको भरमा तँ हाम्रा अश्मीतामा हात लगाउन खोज्ने ! तेरो सुकिलो हाँसो अनि परोपकारी नारा तैसित राख् । तेरो यो गिफ्ट तैं राख्, तेरो धर्मकर्मको यो गलापासो पनि तैं राख् ! तेरो केई पनि चाहिएन ! हामीलाई हाम्रै हालतमा छोदिदे बुझिस् ।”

आन्टीको कुरा सुनेर पदम जोसिन्छ, “यसलाई त अघि नै मैले पनि झन्डै बजाइदिएको थिएँ, जे होस्, सही मान्छेको हात परेछ । यस्ता पाखन्डीहरूको पाटा फर्काउनै पर्छ । ठोक्नु, आन्टी, ठोक्नु, परेको व्यहोर्ने हामी छौं ।” उपस्थित सबैले हो-मा-हो मिलाए । एकै छिनमा प्रहरी आयो …… र, उक

नारायण नेपाल कपन

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, १३ भदाै । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप ‘ग्लोबल स्मार्ट प्लस’ मार्फत ग्राहकहरूलाई प्रधानमन्त्री दैवी प्रकोप

काठमाडौँ, १२ भदौ । प्रधानमन्त्री वालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बाेलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज बिहान ११

काठमाडाैँ, १२ भदौ ।  प्राकृतिक विपद्का कारण विद्यार्थी, अभिभावक तथा आम नागरिकको जनजीवन प्रभावित भएको भन्दै सरकारले भदौ १३ गतेदेखि सञ्चालन

काठमाडाैँ, १२ भदौ ।  संयुक्त अरब इमिरेट्स (यूएई)ले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकका लागि १ करोड अमेरिकी