तेल ट्याङ्करमा आगलागी हुँदा एकको मृत्यु

एजेन्सी, २४ पौष । हङकङको एक तेल ट्याङ्करमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

हङकङको भेसलमा लाम्मा टापु नजिकै पुगेपछि स्थानीय समय अनुसार ११ः३० बजे मट्टितेल बोकेको ट्याङ्करमा आगलागी भएको थियो ।

ट्याङ्करमा आगलागीपछि चालकदलका सदस्यहरु पानीमा हाम फालेका थिए । उनीहरुमध्ये २१ जनाको प्रहरीले उद्धार गरिसकेको छ भने एक जनाको शव पनि फेला परेको प्रहरीले जानकारी दिएको छ ।

उक्त ट्याङ्कर चीनको डोङगुवानबाट हङकङ आउँदै गरेको मरिन ट्राफिकले जनाएको छ । प्रहरी अधिकारीहरुले भने आगलागी अघि विस्फोट भएको कुरा हालसम्म पुष्टि गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता, हातेमालो र एकजुट भई विकास र समृद्धितर्फ लम्किनु

काठमाडौँ, ३ असोज । आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा