काठमाडौं, २३ पौष । कवि जीवन खत्रीको पहिलो कविता संग्रह ‘आगोको वर्णमाला’ सार्वजनिक भएको छ ।
सर्वनाम थिएटरमा एक कार्यक्रम गरि वरिष्ठ कवि तुलसी दिवस, कवि मोमिला, पत्रकार बिमल आचार्य, निबन्धकार दीपक सापकोटा र कविका पितामाताद्वारा संग्रह संयुक्त रूपमा विमोचन गरेका छन।
कार्यक्रममा बोल्दै प्रमुख वक्ता कवि तुलसी दिवसले ‘आगोको वर्णमाला’ कविता संग्रहमा पहाडी बिम्बहरू टिपेर लेखिएका सुन्दर कविताहरूको संगालो रहेको बताए ।
तेस्तै निबन्धकार दीपक सापकोटाले जीवनका कविताहरूमा कोमल रहेका र आमाका बिम्बहरू कलात्मक एवं गहिरो अर्थका साथ घुलेको बताउदै यस कृतिले जीवनलाई नयाँ उचाई दिने र कविहरूको भीडमा प्रष्ट चिनाउन सक्ने दाबी समेत गरे ।







