काठमाडौँ, २३ पौष । नेपाल वायुसेवा निगमका वाइडबडी विमान खरिद प्रकरणमा संसदको सार्वजनिक लेखा समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई सफाई दिदै निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई तत्काल निलम्बन गरी कडा कारबाही गर्न सिफारिस गरेको छ ।
निगमको विनियमावलीको दफा २३६ ९२० अनुसार बद्नियतपूर्वक पुरानो विमान खरिद गर्ने प्रक्रिया अघि बढाई अख्तियारको दुरुपयोग गरेको भन्दै कंसाकारलाइ सो कारबाही सिफारिस गरिएको हो ।
समितिले भनेको छ, ‘निगमका महाप्रबन्धक कंसाकारले बद्नियत राखी जहाज खरिद प्रकरणमा अख्तियारको दुरुपयोग गरी भ्रष्टाचार गरेको देखिन आएकाले निजलाई कानुन बमोजिम तत्काल निलम्बन गरी हदैसम्मको दण्ड सजाय गर्न कानुनी कारबाही अगाडि बढाउन नेपाल सरकार र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निर्देशन दिने ।’
समितिको आज बसेको बैठकमा उपससमितिको संशोधित प्रतिवेदनको छलफलपछि समितिले सचिव, मन्त्री र पूर्व पर्यटनमन्त्रीद्वयलाई कारवाहीका लागि सिफारिस गरेको हो ।
समितिले प्रकरणमा बहालवाला पर्यटन सचिव कृष्णप्रसाद देवकोटा र नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंशाकारलाई निलम्बलन गर्न लेखा समितिले री हदैसम्मको दण्ड सजाय गर्न निर्देशन दिइएको छ ।






