काठमाडौं, २२ पौष । प्रभु बैंकले आफ्ना लगानीकर्तालाई गत वर्षको नाफाबाट १०.२६३ प्रतिशत लाभांश दिने भएको छ ।
बैंकले आज बसेको सञ्चालक समितिको बैठकले चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र ५.२६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।
उक्त लाभांश राष्ट्र बैंकको स्वीकृति र कम्पनीको साधारणसभाले पारित गरेपछि वित्तरण हुने जनाएको छ । हाल यस बैंकको चुक्ता पुँजी ८ अर्ब २३ करोड ३९ लाख ५९ हजार रुपैयाँ रहेको छ ।
बोनस सेयर वित्तरणपछि बैंकको चुक्ता पुँजी ६ अर्ब ६४ करोड ५६ लाख ५६ हजार ९५० रुपैयाँ पुग्नेछ ।






