एउटै टुना माछा ३१ लाख अमेरिकी डलरमा बिक्री

एजेन्सी, २२ पौष । जापानमा एक व्यवसायीले माछा ३१ लाख अमेरिकी डलर खरिद गरेका छन ।

शनिबार जापानको टोकियोको माछा बजारमा सुसी व्यवसायीले एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर अथवा ३४ करोड ७२ लाख रुपैयाँमा खरिद गरेका छन् ।

जापानी नागरिक कियोशी किमुराले सबैभन्दा बढी बोलकबोल गरेर “टुना किङ” को नामबाट आफूलाई चिनाउने बताउदै उनले भने “यो सबैभन्दा उत्तम टुना हो । मैले आज अति स्वादिलो, ताजा टुना किन्न सफल भएको छु,” “पहिले सोचेभन्दा यसपटक टुनाको मूल्य बढी हो, तर हाम्रा ग्राहकले सर्वोत्तम टुनाको स्वाद लिन पाउनेछन्,” ।

अहिलेसम्मकै सबैभन्दा बढी भाउ भएको माछा प्रतिकेजी करिब रु १२ लाख ४९ हजार पर्नेछ । जापानको उत्तरी तटीय सामुद्रिक क्षेत्रमा समातिएको टुना माछा दुई सय ७८ किलोको थियो ।

नयाँ वर्षको अवसरसँगै खुलेको नयाँ माछा बजारमा लिलाम बढाबढ हुँदा एउटै टुना माछालाई ३१ लाख डलरमा खरिद गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता, हातेमालो र एकजुट भई विकास र समृद्धितर्फ लम्किनु

काठमाडौँ, ३ असोज । आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा