यूएईमा हुने एसियन कपमा आज तीन खेल हुँदै

काठमाडौं, २२  पौष । यूएईमा हुने महादेशीय फुटबल प्रतियोगिता एसियन कप अन्तर्गत आज समूह चरणका तीन खेल हुँदैछन् ।

यूएईको हज्जा बिन जायद रंगशालामा हुने खेलमा आज समूह ए का एक खेल र समूह बी का दुई खेल हुनेछन् । नेपाली समयअनुसार पौने ५ बजेदेखि सुरु हुने पहिलो खेलमा समूह बीमा रहेको साविक विजेता अष्ट्रेलियाले जोेर्डनसँग प्रतिस्पर्धा गर्नेछ ।

त्यस्तै सवा आठ बजे सुरु हुने दोस्रो खेलमा समूह एमा रहेका थाइल्याण्ड र भारतबीच प्रतिस्पर्धा हुनेछ । यो खेल अल नायान रंगशालामा हुनेछ । सिरिया र प्यालेस्टाइन आमनेसामने हुने खेल अल सारजाह रंगशालामा राति पौने १० बजेदेखि सुरु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा