पोखरा विश्वविद्यालय स्कूल अफ बिजनेस एलुम्नाईको भेला सम्पन्न

पोखरा, २१ पौष । पोखरा विश्वविद्यालयको केन्द्रीय आंगिक महाविद्यालय स्कूल अफ बिजनेसबाट अध्ययन पुरा गरेका भूतपुर्व विद्यार्थीहरुको भेला सम्पन्न भएको छ ।

शनिवार पोखराको व्हाइट हाउस पार्टी प्यालेसमा सम्पन्न भेलाले डा. चैतन्य अधिकारीको संयोजकत्वमा १३ सदस्यीय तदर्थ समिति गठन गरेको छ ।

भेलाले उपाध्यक्षमा दिपमाला श्रेष्ठ, सचिवमा प्रदिप सापकोटा, सहसचिवमा संतोष शर्मा, कोषाध्यक्ष पुनम गिरी, सदस्यहरुमा अमृत बास्तोला, शिखा गुरुङ्ग, मन्जु बराल, जीवन भण्डारी, सुवर्ण बीर जबरा, सुजिता अधिकारी, सुवास मल्ल, र ज्योति सुनार रहेका छन् । तदर्थ समितिले बिधान मस्यौदा उपसिमिति गठन गरेको छ ।

भेलालाई सम्बोधन गर्दै पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्राध्यापक हरिबहादुर खड्काले विश्वविद्यालयको समग्र विकासमा पूर्वविद्यार्थीहरुको विशिष्ट भूमिका हुनेमा जोड दिए । उक्त भेलामा स्कूल अफ बिजनेसका निर्देशक डा. रविन्द्र घिमिरे, पूर्व विद्यार्थीहरुको तर्फबाट डा. चैतन्य अधिकारी, उमेश आचार्य, अमृत बाम्स्तोला र पूनम गिरी लगायतले आफ्ना धारणाहरु राखेका थिए ।

स्कूल अफ बिजनेसका उप प्राध्यपक तथा अलुम्नाइ सेलका संयोजक प्रदिप सापकोटाको अध्यक्षतामा सम्पन्न भेलाको संचालन उप प्राध्यापक सन्तोष गुरुङ्ग तथा स्वागत मन्तव्य स्कूल अफ बिजनेसमका उप प्राध्यापक रामकृष्ण चापागाईले गरेका थिए । उक्त कार्यक्रमलाई माछापुच्छे बैंक र सन नेपाल लाइफ इन्सुरेन्सबाट प्रायोजन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा