भक्तपुरमा एकै पटक ७ ठाउँबाट सफाई अभियान (फोटो फिचर)

भक्तपुर, २१ पौष । सभ्यता नै मानिसको पहिचान भन्ने मान्यतालाई आत्मसात् गर्दै भक्तपुरमा थालिएको अरनिको राजमार्गमा आज सूर्यविनायक क्षेत्रको सात ठाउँमा सफाई गर्दै भव्य रुपमा सम्पन्न भएको छ ।

अरनिको राजमार्ग अन्तर्गत राधेराधे, सल्लाघारी, पाण्डुबजार, आर्दशचोक, भातेढिकुरे, नलिन्चोक र पलासे चोकमा एकैसाथ उक्त अभियान सञ्चालन गरिएको हो ।

संयुक्त रुपमा सञ्चालन भएको हनुमन्ते नदी सफाई अभियानको ४५ औं हप्ता र अरनिको राजमार्ग सफाई अभियानको तेस्रो चरणको चौथो दिनको सरसफार्इ कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल सरकारका वातावरण विभागका डिजी झलकराम अधिकारीले राधेराधे चोकबाट शुरु गर्नुभएको हो ।

डिजी अधिकारीले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पार्न सफाई मूख्य भएको बताउँदै मन्त्रालय तथा विभागको तर्फबाट गर्नुपर्ने सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भक्तपुरमा भएको अभियानले पाठ सिकी देशभर सफाई अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको विशेष पहलमा शुरु गरिएको उक्त अभियानले भक्तपुरको फोहोर व्यवस्थापन मात्र नभई चेतनाको विकास गर्दै भक्तपुरमा विभिन्न प्रकारका विकृतिजन्य कुराहरुको अन्त्यको प्रयास भइरहेको छ ।

सफाई अभियानसँगै भक्तपुरमा हुने विभिन्न प्रकारका हिंसा, आगुऔषध नियन्त्रण, विकास निर्माणका कार्यहरुको प्रत्यक्ष अनुगमन गर्दै समग्र जनतालाई एकिकृत गर्दै समृद्ध भक्तपुर सुखी भक्तपुर बनाउने मूख्य लक्ष्य राखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथली चुन्देवी हाइटमा तास खेलिरहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आरती खाजाघरमा

काठमाडौँ, २१ साउन । मोरङको धनपालथान गाउँपालिका–२ बाट गएराति ९६ किलो १९८ ग्राम गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ

काठमाडौँ, २१ साउन । सप्तरीको कञ्चनरूप नगरपालिका–११ ठेलियास्थित एक पोल्ट्री फर्ममा लापरवाहीपूर्वक राखिएको नाङ्गो विद्युत् तारमा करेन्ट लागेर २ वर्षीय

काठमाडौँ, २१ साउन । पाल्पाको तानसेन नगारपालिका वडा नं. ४ स्थित मिलेनियम सेकेण्डरी स्कुलको चमेना गृहमा ग्याँसको पाइप फुस्किएपछि घाइते भएकी