भक्तपुरमा एकै पटक ७ ठाउँबाट सफाई अभियान (फोटो फिचर)

भक्तपुर, २१ पौष । सभ्यता नै मानिसको पहिचान भन्ने मान्यतालाई आत्मसात् गर्दै भक्तपुरमा थालिएको अरनिको राजमार्गमा आज सूर्यविनायक क्षेत्रको सात ठाउँमा सफाई गर्दै भव्य रुपमा सम्पन्न भएको छ ।

अरनिको राजमार्ग अन्तर्गत राधेराधे, सल्लाघारी, पाण्डुबजार, आर्दशचोक, भातेढिकुरे, नलिन्चोक र पलासे चोकमा एकैसाथ उक्त अभियान सञ्चालन गरिएको हो ।

संयुक्त रुपमा सञ्चालन भएको हनुमन्ते नदी सफाई अभियानको ४५ औं हप्ता र अरनिको राजमार्ग सफाई अभियानको तेस्रो चरणको चौथो दिनको सरसफार्इ कार्यक्रममा प्रमुख अतिथिका रुपमा नेपाल सरकारका वातावरण विभागका डिजी झलकराम अधिकारीले राधेराधे चोकबाट शुरु गर्नुभएको हो ।

डिजी अधिकारीले समृद्ध नेपाल सुखी नेपालीको अभियानलाई साकार पार्न सफाई मूख्य भएको बताउँदै मन्त्रालय तथा विभागको तर्फबाट गर्नुपर्ने सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भक्तपुरमा भएको अभियानले पाठ सिकी देशभर सफाई अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको विशेष पहलमा शुरु गरिएको उक्त अभियानले भक्तपुरको फोहोर व्यवस्थापन मात्र नभई चेतनाको विकास गर्दै भक्तपुरमा विभिन्न प्रकारका विकृतिजन्य कुराहरुको अन्त्यको प्रयास भइरहेको छ ।

सफाई अभियानसँगै भक्तपुरमा हुने विभिन्न प्रकारका हिंसा, आगुऔषध नियन्त्रण, विकास निर्माणका कार्यहरुको प्रत्यक्ष अनुगमन गर्दै समग्र जनतालाई एकिकृत गर्दै समृद्ध भक्तपुर सुखी भक्तपुर बनाउने मूख्य लक्ष्य राखिएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित