कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं, २१ पौष । नेपाली कांग्रेसले केन्द्रीय कार्यसमितिको बैठक माघ १० बोलाएको छ ।

आज विज्ञप्ति जारी गर्दै कांग्रेसले केन्द्रीय कार्य समिति बैठक माघ १० गते बिहीबार विहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा बोलाएको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘माघ १० गते बिहीबार नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक २०७५ बस्ने भएको छ । उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यहरुलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ ।’

पार्टीको हालै सम्पन्न महासमिति बैठकपछि पहिलो पटक केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ साउन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र महिलाको शव फेला परेको छ । आज दिउँसो करिब

काठमाडौँ, २२ साउन । दाङको गढवा गाउँपालिका-३ गोबरडिहास्थित गोबरडिहाबाट पचैयातर्फ जाँदै गरेको रा.२ प ७०५४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ

काठमाडौँ, २२ साउन । चितवनमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । चितवनको भरतपुर महानगरपालिका-२९ देवीटार बस्ने

काठमाडौँ, २२ साउन । काठमाडौँमा एक जना मृत फेला परेका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-७ माकलबारी एक जना मृत फेला परेका