उपचार नपाएर कसैले ज्यान गुमाउनु पर्दैन : अध्यक्ष प्रचण्ड

काठमाडौँ, २० पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले अब उपचार नपाएर कसैले ज्यान गुमाउनु नपर्ने बताउनु भएको छ ।

भक्तपुरमा शुक्रबार नेपाल अयुर्बेद रोग निवारण संस्थाको २८ औं राष्ट्रियसभाको उद्घाटन गर्दै अध्यक्ष दाहालले विपन्नहरुको उपचारका लागि सरकारले पाँच लाख रुपैयाँ सहयोग गर्ने भएकाले अब उपचार खर्चको अभावमा कसैले ज्यान गुमाउन नपर्ने बताउनु भएको हो ।

देशमा बढ्दै गएको ‘अर्बुद’ रोगप्रति चिन्ता व्यक्त गर्दै उहाँले अब कोही पनि नागरिकले उपचार खर्चको अभावमा ज्यान गुमाउने अवस्था नआउने बताउनुभयो । सरकारले अस्पतालमा अर्बुद उपचारका लागि आवश्यक पर्ने अत्याधुनिक उपकरण वितरण गर्ने बताउँदै अहिले उपकरण ल्याउन भइरहेको प्राविधिक जटिलता अन्त्य गरी सुलभ र अत्याधुनिक उपकरणबाट अर्बुद रोगको उपचार गर्न आवश्यक कदम सरकारले चालिरहेको बताउनुभयो ।

उहाँले विपन्नहरुको उपचारका लागि सरकारले दिँदै आएको एक लाख रुपैयाँ वृद्धि गरी पाँच लाख पुर्‍याउने भएकाले अब यस्तो अवस्था नआउने बताउनु भएको हो । देशमा बढ्दै गएको क्यान्सर रोगप्रति चिन्ता व्यक्त गर्दै उहाँले अब कोही पनि नागरिकले उपचार खर्चको अभावमा ज्यान गुमाउने अवस्था नआउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित