‘कर्मचारी व्यवस्थापन’ अवसर र जिम्मेवारीको समेत बाँडफाँट : मन्त्री पण्डित

काठमाडौँ, २० पौष । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले नागरिकलाई स्थानीय तहमा नै सहजरूपमा सेवा सुविधा उपलब्ध गराउने लक्ष्यका साथ कर्मचारी व्यवस्थापन गर्न लागेको भन्दै अवसर र जिम्मेवारीको समेत बाँडफाँट गरेर काम गर्ने संस्कार बसाल्न लागिएको बताउनुभयो ।

राष्ट्रियसभाको आजको बैठकमा मन्त्री पण्डितले सबै कर्मचारीलाई सहजरूपमा सेवा सुविधा तथा वृत्ति विकासका लागि मन्त्रालयले विशेष ध्यान दिएको जानकारी गराउनुभयो । उहाँले आधिकारिक ट्रेड युनियनसँग पनि समायोजनका बारेमा छलफल भएको र उहाँहरूले पनि सहमति जनाएको जानकारी गराउनुभयो ।

मन्त्री पण्डितले प्रदेश र स्थानीय तहसँग जोडिएका अन्य कानूनसमेत छिट्टै सदनमा प्रस्तुत गर्ने जानकारी दिनुभयो । राष्ट्रियसभाको आजको बैठकले ‘कर्मचारी समायोजन अध्यादेश, २०७५’ लाई स्वीकृत गरियोस् भन्ने प्रस्तावलाई स्वीकृत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ साउन । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ स्थित सामुदायिक वन क्षेत्रमा बोराभित्र महिलाको शव फेला परेको छ । आज दिउँसो करिब

काठमाडौँ, २२ साउन । दाङको गढवा गाउँपालिका-३ गोबरडिहास्थित गोबरडिहाबाट पचैयातर्फ जाँदै गरेको रा.२ प ७०५४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ

काठमाडौँ, २२ साउन । चितवनमा जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । चितवनको भरतपुर महानगरपालिका-२९ देवीटार बस्ने

काठमाडौँ, २२ साउन । काठमाडौँमा एक जना मृत फेला परेका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-७ माकलबारी एक जना मृत फेला परेका