एजेन्सी, २० पौष । ग्लोब सकर अवार्डमा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले उत्कृष्ट २ अवार्ड जित्न सफल भएका छन ।
दुबईमा भएको ग्लोब सकर अवार्डमा उनले उत्कृष्ट खेलाडी र सन् २०१८ को उत्कृष्ट गोलकर्ताको अवार्ड पनि जितेका छन् ।
यस्तै उत्कृष्ट प्रशिक्षकको अवार्ड फ्रान्सका डिडीयर डेस्च्याम्पले जितेका छन भने उत्कृष्ट क्लबको अवार्ड स्पेनिस क्लब एट्लेटिको मड्रिडले पाएको छ ।
मिडफिल्डर ब्लेस माटुईडीले प्लेयर क्यारियर अवार्ड जितेसगै ब्राजिलियन पुर्व फरवार्ड रोनाल्डोलाई पनि प्लेयर क्यारियर अवार्ड प्रदान गरिएको थियो ।






