फिड नेपालबाट विद्यार्थीलाई स्कूल व्याग वितरण

काभ्रे, २० पौष । फिड नेपाल नामक गैरसरकारी संस्थाले काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिकास्थित लोहन्सालमा रहेको श्री सेतीदेवी माविका विद्यार्थीलाई स्कुल व्याग तथा आवश्यक शैक्षिक सामाग्री प्रदान गरेको छ ।

‘विद्यालय फर्क’ अभियान अन्तर्गत स्कुलव्याग र शैक्षिक सामाग्री र कक्षा १, ९ र १० का विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको फिड नेपालकी अध्यक्ष आयुषा जोन्छेले बताइन ।

संस्थाले यसअघि पनि विभिन्न ठाउँका न्यून आयास्रोत भएका अभिभावकका छोराछोरीलाई शैक्षिक सामाग्री, न्यानो लुगा लगायतका सामाग्री सहयोग गर्दै आएको थियो ।

संस्थाले आगामी माघ महिनादेखि प्रारम्भिक वालविकास (इसिडि)का साना वालवालिकालाई पनि सघाउने अध्यक्ष जोन्छेले बताइन ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा

धनुषा, २ असाेज । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ (साविक रमदैया भवाडी गा.वि.स वडा नं २,३,४,६,७ र ८) का ३८८ परिवारले नापजाँच

काठमाडौँ, २ असोज । प्रधामन्त्री वालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरुसँग अन्तरक्रिया गरेका छन् । आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा