कुनै पनि बाहना र गतिरोधले मेलम्ची आयोजना प्रभावित हुँदैन : मन्त्री मगर

काठमाडौँ, १९ पौष । खानेपानी मन्त्री बिना मगरले कुनै पनि बाहना र गतिरोधले मेलम्ची आयोजना प्रभावित नहुने बताउनुभएको छ ।

ललितपुरको बालकुमारीस्थित धोबिघाट फोहोर पानी प्रशोधन केन्द्रको शिलान्यास समारोहमा बोल्दै मन्त्री मगरले मेलम्ची मात्र नभई कुनै पनि विकास निर्माणका कार्यमा यो या त्यो भन्ने बहाना गरी विकास निर्माण रोक्ने दिन गएको बताउनुभयो ।

उहाँले फोहोर प्रशोधन कार्यको निर्माण सम्पन्न भए पश्चात सिंगो बाग्मतीको मुहार फेरिने मात्र नभई बाग्मती नदीमा कञ्चन पानी बग्ने दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रशोधनपछि बाग्मतीमा कन्चन पानी बग्नेछ, प्रशोधित पानी करेसाबारी, सिंचाई, सडक, सरसफाई लगायतमा प्रयोग गर्न सकिनेछ ।’

झण्डै ४ अर्बको लागतमा धोबिघाट, गुह्वेश्वरी र सल्लाघारीमा फोहर पानी प्रशोधन केन्द्र बन्न लागेको उहाँले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘प्राकृतिक स्रोतको संरक्षण मानवीय प्राथमिकताको विषय हो, स्वस्थ जीवनको सबभन्दा ठूलो आधार सफा पानी नै हो, पानीको मुहान र स्रोतलाई सफा राखेर मात्र हामीले मानव जीवनलाई स्वस्थ र सुन्दर बनाउन सक्छौं ।’

मन्त्री मगरले भन्नुभयो, ‘मेलम्चीको पानी काठमाडौंका जनतालाई उपलब्ध गराउन मन्त्रालय सम्पूर्णरुपले क्रियाशील रहेको छ । सम्भाव्य सम्पूर्ण उपायहरुको खोजी गरी राष्ट्रिय कार्यभार पूरा गर्न मन्त्रालय संकल्पित रहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ११ कार्तिक । कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तन सम्बन्धी सम्मेलन (कोप ३१) को सन्दर्भमा

काठमाडौँ, ११ कार्तिक । अबदेखि शिक्षकको विशेष बढुवा जिल्लाकै शिक्षा विकास तथा समन्वय इकाइ मार्फत हुने भएको छ ।  नयाँ

काठमाडौँ, ११ कार्तिक । लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी केबलकारमा भारतीय पर्यटकको आगमनमा उल्लेखनीय वृद्धि भएको छ

काठमाडौँ, ११ कार्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुगुको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालयका तत्कालीन कार्यालय प्रमुख राजीव रिमालसहित