कुनै पनि बाहना र गतिरोधले मेलम्ची आयोजना प्रभावित हुँदैन : मन्त्री मगर

काठमाडौँ, १९ पौष । खानेपानी मन्त्री बिना मगरले कुनै पनि बाहना र गतिरोधले मेलम्ची आयोजना प्रभावित नहुने बताउनुभएको छ ।

ललितपुरको बालकुमारीस्थित धोबिघाट फोहोर पानी प्रशोधन केन्द्रको शिलान्यास समारोहमा बोल्दै मन्त्री मगरले मेलम्ची मात्र नभई कुनै पनि विकास निर्माणका कार्यमा यो या त्यो भन्ने बहाना गरी विकास निर्माण रोक्ने दिन गएको बताउनुभयो ।

उहाँले फोहोर प्रशोधन कार्यको निर्माण सम्पन्न भए पश्चात सिंगो बाग्मतीको मुहार फेरिने मात्र नभई बाग्मती नदीमा कञ्चन पानी बग्ने दावी गर्नुभयो । उहाँले भन्नुभयो, ‘प्रशोधनपछि बाग्मतीमा कन्चन पानी बग्नेछ, प्रशोधित पानी करेसाबारी, सिंचाई, सडक, सरसफाई लगायतमा प्रयोग गर्न सकिनेछ ।’

झण्डै ४ अर्बको लागतमा धोबिघाट, गुह्वेश्वरी र सल्लाघारीमा फोहर पानी प्रशोधन केन्द्र बन्न लागेको उहाँले जानकारी गराउनुभयो । उहाँले भन्नुभयो, ‘प्राकृतिक स्रोतको संरक्षण मानवीय प्राथमिकताको विषय हो, स्वस्थ जीवनको सबभन्दा ठूलो आधार सफा पानी नै हो, पानीको मुहान र स्रोतलाई सफा राखेर मात्र हामीले मानव जीवनलाई स्वस्थ र सुन्दर बनाउन सक्छौं ।’

मन्त्री मगरले भन्नुभयो, ‘मेलम्चीको पानी काठमाडौंका जनतालाई उपलब्ध गराउन मन्त्रालय सम्पूर्णरुपले क्रियाशील रहेको छ । सम्भाव्य सम्पूर्ण उपायहरुको खोजी गरी राष्ट्रिय कार्यभार पूरा गर्न मन्त्रालय संकल्पित रहेको छ ।’

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथली चुन्देवी हाइटमा तास खेलिरहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आरती खाजाघरमा

काठमाडौँ, २१ साउन । मोरङको धनपालथान गाउँपालिका–२ बाट गएराति ९६ किलो १९८ ग्राम गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ

काठमाडौँ, २१ साउन । सप्तरीको कञ्चनरूप नगरपालिका–११ ठेलियास्थित एक पोल्ट्री फर्ममा लापरवाहीपूर्वक राखिएको नाङ्गो विद्युत् तारमा करेन्ट लागेर २ वर्षीय

काठमाडौँ, २१ साउन । पाल्पाको तानसेन नगारपालिका वडा नं. ४ स्थित मिलेनियम सेकेण्डरी स्कुलको चमेना गृहमा ग्याँसको पाइप फुस्किएपछि घाइते भएकी