समृद्ध नेपालको आर्थिक पाटो : पारस्पारिक लाभप्रद आर्थिक प्रणाली

तेजबहादुर ढकाल । हामीले जनताको बहुदलीय जनवादको मर्म र भावना अनुसार विद्यमान अर्थतन्त्रमा ढाँचागत परिवर्तन गरि गतिशिलता ल्याउन जरूरी छ । सामन्तवादी र पूँजीवादी अर्थव्यवस्थामा हुने ज़्याला र नाफाबीचको स्वरोजगारीमूलक र न्यायोचित प्रतिफल हुन सक्ने आर्थिक प्रणालीको विकास जरूरी छ ।

हाम्रो जनवादी अर्थव्यवस्था पूँजीवादी र समाजवादी दुबै चरित्र भएको मिश्रित अर्थतन्त्र भएकाले पनि श्रमजीवी र पूँजीपति दुबैलाई फाइदा हुने खालको पारस्परिक लाभप्रद आर्थिक प्रणाली नै हो । साथै यो समानता एवं सामाजिक न्यायमा आधारित आधारित आर्थिक व्यवस्था हो ।

व्यक्तिगत सम्पतिलाई एकिकृत गर्दै सामुहिक उत्पादन मार्फत नयाँ उत्पादन सम्बन्धको विकास गरि ज्याला प्रधान शामन्तवादी र नाफा प्रधान पूँजीवादी व्यबस्थाबीचको न्यायोचित प्रतिफल सहितको पारस्पारिक लाभप्रद आर्थिक प्रणाली नै जबजको भावना अनुकुलको आर्थिक प्रणाली हो । अर्थतन्त्रलाई सार्वभौमसत्ता जस्तो खम्बामा बाधेर राख्दा घट्ट जस्तो घुम्छ तर यसले कुनै दूरी पार गर्दैन । यसलाई हामीले बहुचक्किय हस्तक्षेपद्वारा गतिशील बनाउनु पर्दछ ।

हामीले बिध्दमान दलाल पूँजीवादको अन्त्य गरि जनबादी पूँजीवादका माध्यमबाट सबल र आत्मनिर्भर अर्थतन्त्र को निर्माण गर्नु पर्दछ । साथै सम्बिधानको निर्देशक सिद्धान्तलाई आत्मसात गर्दै सार्वजनिक, निजी र सहकारीको सफल कार्यान्वयन मार्फत उपलब्ध साधन र स्रोतको अधिकतम परिचालनद्वारा तीव्र आर्थिक बृद्धि हासिल गर्दै दीगो आर्थिक विकास गर्ने तथा प्राप्त उपलव्धिहरुको न्यायोचित वितरण गरी आर्थिक असमानताको अन्त्य गर्दै शोषणरहित समाजको निर्माण गर्न राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र तथा उन्नतिशील बनाउँदै समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्रको विकास गर्नु पर्दछ ।

जसरी हेगेलको द्वन्दवाद र फायरबाखको भौतिकवादलाई मिसाएर मार्क्स र एंगेल्सले द्वन्दात्मक भौतिकवादको राजनैतिक दर्शनको विकास गरे जस्तै हामीले पनि दर्शनको दरिद्रता र दरिद्रताको दर्शनको बीचमा सम्पन्नताको खोजी गर्नु जरूरी छ । साथै कार्ल मार्क्सको पूजी र आदमस्मिथको वेल्थ अफ नेशनमा उल्लेखित ज्याला (शोशण) र नाफा बीचको न्यायोचित प्रतिफल सहितको पारस्पारिक लाभप्रद आर्थिक प्रणालीको विकास गरि जनताको समृद्धि प्राप्त गर्नु जरूरी छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ९ भदौ । सरकारले मोहम्मद जयन्तीको अवसरमा भोली नेपाली मुस्लिम धर्मावलम्बीहरूका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 

काठमाडौँ, ९ भदौ । चितवनको राप्ती नगरपालिकाबाट १६८ किलो लागु औषध गाँजासहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार आज

काठमाडौँ, ९ भदौ । जनकपुरधाममा एक युवती होटलको कोठामा मृत फेला परेकी छिन् । जिल्ला प्रहरी कार्यालयका अनुसार जनकपुरको वडा नम्बर

काठमाडौँ, ९ भदौ । सल्यानमा खोलाले बगाउँदा रोल्पाका एक जनाको मृत्यु भएको छ । रोल्पाको गंगादेव गाउँपालिका–४ गैरानेटाका अन्दाजी ७२