भग्नावशेष भवनबाट ११ महिने बालकको जीवितै उद्धार

एजेंसी, १८ पौष । रुसको माग्नितोगोर्स्क शहरमा सोमबार भएको ग्यास विस्फोटका कारण भग्नावशेष भवनबाट ११ महिने बालकको जीवितै उद्धार गरिएको छ ।

शहरमा यतिबेलाको तापक्रम शून्यबाट १७ डिग्री सेल्सियससम्म झरेको छ । उद्धारकर्मीहरुलाई चिसोका कारण पनि उद्धारमा समस्या भएको थियो ।

बीबीसीका अनुसार बच्चा रोएको सुनेपछि उद्धार दलले बच्चालाई सकुशल बाहिर निकालेका हुन् । उनलाई चिसोले समातेको छ । साथै टाउकोमा चोट लागेको छ भने, खुट्टा फ्रयाक्चर भएको छ । इवान नाम गरेका ११ महिने बालकको अवस्था गम्भीर रहेको र थप उपचारका लागि मस्को पठाइएको जनाएको छ ।

इवानकी आमा सकुशल छिन् । उनले अस्पतालमा आफ्ना छोरालाई भेटेको पनि रुसी अधिकारीहरुले जनाएका छन् ।
भवनको भग्नावशेषबाट अहिलेसम्म आठ जनाको शव निकालिएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, ३ असोज । मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले कठिन परिस्थितिमा पनि राष्ट्रिय एकता, हातेमालो र एकजुट भई विकास र समृद्धितर्फ लम्किनु

काठमाडौँ, ३ असोज । आज संविधान दिवस मनाइँदै छ । २०७२ असोज ३ गते संविधान सभाबाट संघीयतासहितको ‘नेपालको संविधान’ जारी

काठमाडाैँ, २ असाेज । भारतको औपचारिक भ्रमणमा रहनुभएका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भ्रमणको दोस्रो दिन नयाँ दिल्लीमा कूटनीतिक संवाद गर्नुभएको

काठमाडौँ, २ असोज । आज बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक भएको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकका निर्णयहरु : १३ देशमा