काठमाडौं, १७ पौष । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सीटीईभीटीबाट सञ्चालित चिकित्सा शिक्षासम्बन्धी कार्यक्रम हटाउने विषय चिकित्सा शिक्षा ऐनमा नराख्न आग्रह गरेका छन ।
संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गतको उपसमितिको छलफलमा उनले चिकित्सा शिक्षासम्बन्धी कार्यक्रम ५ वर्षभित्र हटाउने विषय चिकित्सा शिक्षा ऐनमा राख्न नहुने बताएका हुन ।
डा. गोविन्द केसीसँगको सरकारको सहमतिमा सीटीईभीटी अन्तर्गतका कार्यक्रम ५ वर्षभित्र फेजआउट गर्ने सहमति भएपनि आयोगले ३ महिनाभित्र दिने प्रतिवेदनअनुसार नै जान सकिने उनले बताए ।
उनका अनुसार निजी क्षेत्रले सञ्चालन गरिरहेका मेडिकल कलेजहरु सरकारले किन्न नसक्ने भएकाले फेरि नयाँ समझदारी गर्नुपर्ने बताए ।






