काङ्ग्रेसले धार्मिक स्वतन्त्रता र सहिष्णुतामा विश्वास गर्छ : नेता कोइराला

विराटनगर, १७ पौष । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले काग्रेसले धार्मिक स्वतन्त्रता र सहिष्णुतामा विश्वास गर्ने बताउनुभएको छ ।

नेपाल प्रेस युनियन मोरङद्वारा आज यहाँ आयोजित पत्रकार भेटघाटमा उहाँले नेपाल बुहु जाती, बहुसांस्कृति तथा बहुधार्मिकता भएको देश रहेको बताउँदै धार्मिक स्वतन्त्रता र सहिष्णुताकै कारण विश्वमा आफ्नो पहिचान स्थापित गरेको बताउनुभयो ।

उहाँले पार्टीको १४आँै महाधिवेशन समयमै हुनुपर्ने बताउनुभएको छ । काङ्ग्रेस नेतृत्व तहले २०७६ फागुन मसान्तभित्रमा महाधिवेशन गर्न सक्यो भने पार्टी सुदृढीकरण र बलियो हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘नेपालको राष्ट्रिय जनावर गाईको संरक्षण हुनुपर्छ । लोभमा धर्म परिवर्तन गराउने खेल बन्द गर्नुपर्छ ।’

उहाँले धर्म र राजनीतिक अलग अलग विषय भएपनि पार्टीको महासमिति बैठकमा हिन्दू राष्ट्रको चर्चा भएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ साउन । बाँकेमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राप्तीसोनारी गाउँपालिका-१ भम्पा बस्ने ३८ वर्षीय रूपलाल खुना बिहीबार

काठमाडौँ, २२ साउन । दाङको गढवा गाउँपालिका-३ गोबरडिहास्थित गोबरडिहाबाट पचैयातर्फ जाँदै गरेको रा.२ प ७०५४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ

काठमाडौँ, २२ साउन । काठमाडौँमा एक जना मृत फेला परेका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-७ माकलबारी एक जना मृत फेला परेका

काठमाडौँ, २२ साउन । बजारमा गोलभेँडाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज सबै