प्रधानमन्त्री ओलीद्वारा कुलपतिहरुलाई सपथ

काठमाडौं, १६ पौष । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपतिहरुको सपथ गराउनु भएको छ ।

आज सिंहदरबारमा आयोजित कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति नारायणभक्त श्रेष्ठ (रायन) र नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको कुलपतिमा कान्छा कुमार कर्माचार्यलाई सपथ गराउनु भएको हो । आजै सरकारले वहाँहरुलmाई कुलपति पदमा नियुक्त गरेको हो ।

प्रधानमन्त्री ओलीले आफ्नो आफ्नो क्षेत्रमा विज्ञता हासिल गरेका व्यक्तीहरुलाई नियुक्त गरिएकोले ति संस्थाहरु थप सृजनशिल हुनु पर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले नवनियक्त कुलपतिहरुले समयका पदचापलाई बुझ्ने र त्यसै अनुसार काम गर्ने अपेक्षा गरिएको बताउनुभएको छ । “आज हामी जहाँ पुगेका छौं त्यहीं रोकिने होइन” प्रधानमन्त्री ओलीले भन्नुभयो “तपाईंहरुले समयको पदचाप बुझेर यि संस्थाहरुलाई त्यसै अनुसार अघि बढाउनुहुनेछ भन्ने अपेक्षा गरिएको छ ।”

नेपालीहरुको गौरवमय इतिहासलाई कायम राख्दै अघिल्लो पुस्ताका कलाकर्मीहरुले देखाएको बाटोलाई फराकिलो बनाउने काम यि संस्थाहरुले गर्नुपर्ने बताउनुभएको छ । “विगतमा अरुलाई बाटो देखाउने साँस्कृतिक झिल्कोले जताजता प्रज्वलित गर्न सक्छ गर्नुपर्दछ” प्रधानमन्त्री ओलीले भन्नुभयो “तर यि सबै कुराको परिणाम सकारात्मक आउनु पर्दछ ।”

यसैगरी ललितकला प्रज्ञा प्रतिष्ठानको उपकुलपति गोपाल चित्रकार र सदस्यसचिब विपिन कुमरा घिमिरेले पनि आजै सपथ ग्रहण गर्नुभएको छ । यस्तै नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति हरिहर शर्मा र सदस्यसचिब श्याम प्रकाश तमोटले पनि आजै सपथ ग्रहण गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २२ साउन । बाँकेमा १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा राप्तीसोनारी गाउँपालिका-१ भम्पा बस्ने ३८ वर्षीय रूपलाल खुना बिहीबार

काठमाडौँ, २२ साउन । दाङको गढवा गाउँपालिका-३ गोबरडिहास्थित गोबरडिहाबाट पचैयातर्फ जाँदै गरेको रा.२ प ७०५४ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ

काठमाडौँ, २२ साउन । काठमाडौँमा एक जना मृत फेला परेका छन् । काठमाडौँको गोकर्णेश्वर नगरपालिका-७ माकलबारी एक जना मृत फेला परेका

काठमाडौँ, २२ साउन । बजारमा गोलभेँडाको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांक अनुसार आज सबै