पत्रकार सत्ता र प्रतिपक्ष हुन पर्दैन, गुण र दोष छुट्याउनुपर्छ : उपप्रम पोखरेल

काठमाडौँ, १५ पौष । उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले कुनै पनि मिडिाकमी सत्तापक्ष र प्रतिपक्ष हुन जरुरी नभएको भन्दै कुनै पनि कार्यको वास्तविक गुण र दोष केलाउनुपर्ने बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ, काठमाडौँ शाखाको २०औँ साधारणसभाको उद्घाटन सत्रमा बोल्दै उहाँले कुनै राजनीतिक दलको आडमा सूचना सम्प्रेषण गर्दा वास्तविक तथा तथ्यपरक कुरालाई लुकाई जनतामा नकरात्मक सन्देश पर्याउन नहुने बताउनुभयो । उहाँले भन्नुभयो, “सञ्चार क्षेत्रमा लागेका सत्ता र प्रतिपक्ष हुनु जरुरी छैन । विषयवस्तु र गुण दोष जाँचेर ठिक र बेठिक लेखिदिनुस्, जहाँ जहाँ परे पनि परोस् । भएका कमीकमजोरीबारे लेखिएमा धन्यवाद दिन्छौँ तर सत्यसित कुनै साइनो नभएका समाचार सम्प्रेषण गरिनु निन्दनीय हो । यस्तो नहोस् ।”

उपप्रधानमन्त्री पोखरेलले सञ्चार माध्यमलाई सरकार तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट उपलब्ध हुनुपर्ने सूचना र अन्य सहयोगका लागि आफूहरु तयार रहेको बताउनुभयो ।

उपप्रधानमन्त्री पोखरेलले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँ तराई दू्रतमार्ग निर्माण जस्ता विषयमा कुनै केन्द्रको आग्रह वा भनाइका आधारमा समाचार नदिई विषयवस्तु बुझेर मात्र समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

संबन्धित समाचार

काठमाडौँ, २१ साउन । भक्तपुरको चाँगुनारायण नगरपालिका–९ ताथली चुन्देवी हाइटमा तास खेलिरहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । आरती खाजाघरमा

काठमाडौँ, २१ साउन । मोरङको धनपालथान गाउँपालिका–२ बाट गएराति ९६ किलो १९८ ग्राम गाँजासहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ

काठमाडौँ, २१ साउन । सप्तरीको कञ्चनरूप नगरपालिका–११ ठेलियास्थित एक पोल्ट्री फर्ममा लापरवाहीपूर्वक राखिएको नाङ्गो विद्युत् तारमा करेन्ट लागेर २ वर्षीय

काठमाडौँ, २१ साउन । पाल्पाको तानसेन नगारपालिका वडा नं. ४ स्थित मिलेनियम सेकेण्डरी स्कुलको चमेना गृहमा ग्याँसको पाइप फुस्किएपछि घाइते भएकी